भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मध्यपुर महोत्सव पुस १२ देखि

मध्यपुर महोत्सव पुस १२ देखि

भक्तपुर । प्राचिन सम्पदाको संरक्षण गर्दै मध्यपुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न मध्यपुर महोत्सव २०८१ हुने भएको छ । एक भव्य कार्यक्रमकाबीच पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे विस्तृत जानकारी गराएको छ । महोत्सव पुस १२ देखि १४ गतेसम्म संचालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

नयाँ थिमि स्थित शंखधर चोकदेखि नगदेश र बोडे हुँदै तिगनी नीलवाराहीसम्मको ऐतिहासिक क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिने प्रमुख श्रेष्ठको भनाइ छ । साढे पाँच किलोमिटर लामो सो क्षेत्रमा मध्यपुरथिमिका मुख्य ऐतिहासिक एवं पुरातात्विक स्मारक अवलोकन गर्न सकिन्छ ।

महोत्सवमा स्थानीय जात्रा, नाच र साँस्कृतिक पर्वहरूको पहिचान झल्कने प्रस्तुति रहने छन् । साथै, परम्परागत पेसा, व्यवसाय, सीप र जीवनशैली पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले महोत्सव आयोजक समिति र सचिवालय बनाएर काम गरिरहेको बताए । १० उपसमितिसमेत बनाइएको बताउँदै उनले महोत्सवमा करिब दुई करोड खर्च हुने अनुमान गरिएको र करिब पाँच लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.