भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपुर महोत्सव पुस १२ देखि

मध्यपुर महोत्सव पुस १२ देखि

भक्तपुर । प्राचिन सम्पदाको संरक्षण गर्दै मध्यपुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न मध्यपुर महोत्सव २०८१ हुने भएको छ । एक भव्य कार्यक्रमकाबीच पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे विस्तृत जानकारी गराएको छ । महोत्सव पुस १२ देखि १४ गतेसम्म संचालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

नयाँ थिमि स्थित शंखधर चोकदेखि नगदेश र बोडे हुँदै तिगनी नीलवाराहीसम्मको ऐतिहासिक क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिने प्रमुख श्रेष्ठको भनाइ छ । साढे पाँच किलोमिटर लामो सो क्षेत्रमा मध्यपुरथिमिका मुख्य ऐतिहासिक एवं पुरातात्विक स्मारक अवलोकन गर्न सकिन्छ ।

महोत्सवमा स्थानीय जात्रा, नाच र साँस्कृतिक पर्वहरूको पहिचान झल्कने प्रस्तुति रहने छन् । साथै, परम्परागत पेसा, व्यवसाय, सीप र जीवनशैली पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले महोत्सव आयोजक समिति र सचिवालय बनाएर काम गरिरहेको बताए । १० उपसमितिसमेत बनाइएको बताउँदै उनले महोत्सवमा करिब दुई करोड खर्च हुने अनुमान गरिएको र करिब पाँच लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.