भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

भक्तपुरमा डेंगी रोगी बढ्दै, जनस्वास्थ्य कार्यालय मुकदर्शक बनेकाे सराेकारवालाकाे दावी

भक्तपुरमा डेंगी रोगी बढ्दै, जनस्वास्थ्य कार्यालय मुकदर्शक बनेकाे सराेकारवालाकाे दावी

भक्तपुर । लामखुट्टे खोज र नष्ट गर अभियान चलाएपनि भक्तपुर जिल्लामा डेंगी रोगी बढेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्यसँंग सम्वन्धित पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँंगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

केही हप्ता अघि उक्त अभियान चलाएको र अहिले जिल्लाभर एक हजार सात सयका दरले विरामी बढेको दावी कार्यालयको छ । यसबाट सबै सजग रहनु पर्ने कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताए । जनचेतना मूलक कार्यक्रम गरेर जिल्लाबासीलाई सचेत गराउँने कार्य निरन्तर भएको स्वास्थ्यकर्मी दिपक अच्छामीले बताए ।

तर स्वास्थ्य सस्थामा विरामी बढेको बढेइ स्वास्थ्य कार्यालय मुक दर्शक बनेको सरोकारवालाको आरोप छ । यो संगै जनस्वास्थ्य कार्यालयको वार्षिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुती गरिएको थिया ।

कार्यक्रममा डेंगी नियन्त्रणमा कार्यालय चल्नु पर्ने र मातहतका कार्यालयलाई परिचालन गर्नु पर्ने पत्रकारहरुले सूझाएका थिए । कार्यक्रममा दुई दर्जनबढी पत्रकारहरुको सहभागी रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.