मध्यपुर महोत्सवबाट स्थानीयको आर्यआर्जमा टेवा पु¥याउने नगरपालिकाको उदेश्य

मध्यपुर महोत्सवबाट स्थानीयको आर्यआर्जमा टेवा पु¥याउने नगरपालिकाको उदेश्य image

भक्तपुर । रोजगारी एवं आयआर्जनसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने उदेश्यले मध्यपुर थिमीमा पुस १२,१३ र १४ गते मध्यपुर महोत्सव हुने भएको छ । मौलिक कला, सस्कृतिलाई केन्द्रमा राखेर महोत्सव मार्फत जीवन्त र दीगो पर्यटनमुखी बनाउन यसो गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । तीन दिनसम्म चल्ने महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको नगपालिकाले जनाएको छ ।

नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । स्थानीय मौलिक २५ वटा नाचहरु प्रदर्शन, २६ बाजागाजा प्रदर्शनी हुने, भगवान गौतम बुद्धको अस्तुधातु, चपाचोको पाटी, विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिव ५ फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका,

टिगनीमा टिकँबजीको जीवन्त प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारहरु आदि महोत्सवमा प्रदर्शन गरिने बताइएको छ । यसका साथै महोत्सवको निःशुल्क यातायातबाट अवलोकन गर्न सकिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । महोत्सवको संयोजक समेत रहनु भएका श्रेष्ठले महोत्सव अवधिभर करिब २० वटा गाडी निःशुल्क संचालन गरिने छन् ।

महोत्सव व्यवस्थापनका लागि करिब एक करोड अनुमानित बजेटको लाग्ने र टोल टोलमा विभिन्न संघ संस्थाहरुले व्यवस्थापनको जिम्मेवारी लिने जानकारी दिए । महोत्सव मौलिक हुने भन्दै मध्यपुरको टिगनी परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधि र उत्पादनलाई जीवन्तता प्रधान गरिने उहाँको भनाइ छ । विगत ३५ वर्ष देखि लोप भएको टिगनी बजीको इतिहास किताबमा मात्रै सिमित भएकाले यसलाई जीवन्त पार्न महोत्सव मार्फत टिगनी बजीको पुस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

टिगनीमा परम्परागत शैलीमा चिउरा कुट्ने, बोदे र दिगुलीमा जिब्रो छेडेने जात्राको डमी प्रदर्शन, दिग्‌लीमा ५ फिट अग्लो माटोको सुकुन्दा प्रदर्शनी, माटोको हिटरको ढोका निर्माण, नेवारी संस्कृतिमा जन्मदेखी मृत्युसम्म र विभिन्न चाडपर्व तथा अवसरमा खाने भोज भतेरको परिकार प्रदर्शन, बालकुमारीमा रैथाने गेडागुडी प्रदर्शन, बुद्धको अस्तुधातु, लिच्छवीकालदेखीका मुद्रा प्रदर्शनी र दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडाकुँडाको जीवन्त प्रदर्शनी रहने छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda