भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

मध्यपुर महोत्सवबाट स्थानीयको आर्यआर्जमा टेवा पु¥याउने नगरपालिकाको उदेश्य

मध्यपुर महोत्सवबाट स्थानीयको आर्यआर्जमा टेवा पु¥याउने नगरपालिकाको उदेश्य

भक्तपुर । रोजगारी एवं आयआर्जनसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने उदेश्यले मध्यपुर थिमीमा पुस १२,१३ र १४ गते मध्यपुर महोत्सव हुने भएको छ । मौलिक कला, सस्कृतिलाई केन्द्रमा राखेर महोत्सव मार्फत जीवन्त र दीगो पर्यटनमुखी बनाउन यसो गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । तीन दिनसम्म चल्ने महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको नगपालिकाले जनाएको छ ।

नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । स्थानीय मौलिक २५ वटा नाचहरु प्रदर्शन, २६ बाजागाजा प्रदर्शनी हुने, भगवान गौतम बुद्धको अस्तुधातु, चपाचोको पाटी, विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिव ५ फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका,

टिगनीमा टिकँबजीको जीवन्त प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारहरु आदि महोत्सवमा प्रदर्शन गरिने बताइएको छ । यसका साथै महोत्सवको निःशुल्क यातायातबाट अवलोकन गर्न सकिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । महोत्सवको संयोजक समेत रहनु भएका श्रेष्ठले महोत्सव अवधिभर करिब २० वटा गाडी निःशुल्क संचालन गरिने छन् ।

महोत्सव व्यवस्थापनका लागि करिब एक करोड अनुमानित बजेटको लाग्ने र टोल टोलमा विभिन्न संघ संस्थाहरुले व्यवस्थापनको जिम्मेवारी लिने जानकारी दिए । महोत्सव मौलिक हुने भन्दै मध्यपुरको टिगनी परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधि र उत्पादनलाई जीवन्तता प्रधान गरिने उहाँको भनाइ छ । विगत ३५ वर्ष देखि लोप भएको टिगनी बजीको इतिहास किताबमा मात्रै सिमित भएकाले यसलाई जीवन्त पार्न महोत्सव मार्फत टिगनी बजीको पुस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

टिगनीमा परम्परागत शैलीमा चिउरा कुट्ने, बोदे र दिगुलीमा जिब्रो छेडेने जात्राको डमी प्रदर्शन, दिग्‌लीमा ५ फिट अग्लो माटोको सुकुन्दा प्रदर्शनी, माटोको हिटरको ढोका निर्माण, नेवारी संस्कृतिमा जन्मदेखी मृत्युसम्म र विभिन्न चाडपर्व तथा अवसरमा खाने भोज भतेरको परिकार प्रदर्शन, बालकुमारीमा रैथाने गेडागुडी प्रदर्शन, बुद्धको अस्तुधातु, लिच्छवीकालदेखीका मुद्रा प्रदर्शनी र दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडाकुँडाको जीवन्त प्रदर्शनी रहने छन् ।

 


Thali Mobile Pvt.Ltd.