भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात लाख सदस्य थप्दै नेपाली काँग्रेस

सात लाख सदस्य थप्दै नेपाली काँग्रेस

काठमाडौं । क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण समानान्तर रूपमा अगाडि बढिरहेको भन्दै काँग्रेसले एक वर्ष भित्र ७ लाक सदस्यता थप्ने भएको छ ।

कांग्रेस र्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘अनलाइनमार्फत फर्म भरेर कांग्रेसको सदस्यता लिने र क्रियाशील सदस्यता नवीकरण निरन्तर चलिरहेको छ, हामी छिदै क्रियाशील सदस्यता जिल्लाबाट वितरण हुन्छ । के–कति वितरण भए भन्ने संख्यागत विवरण केन्द्रमा आउने क्रममा रहेको छ ।’ डिजिटल रूपमा सदस्यता वितरणको काम प्रभावकारी हुन नसके पनि १४ हजार नयाँ सदस्यताका लागि अनलाइन आवेदन परेको उनको भनाइ छ ।

२ साउन ०७९ मा सम्पन्न केन्द्रीय समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो  । थापा संयोजक रहेको समितिले जिल्ला सभापतिहरूको भेला गरेर २१ असार ०८० मा जिल्ला सभापतिहरूको भेला बोलाएर सदस्यता वितरण गर्न निर्देशन दिएको थियो ।

कांग्रेसको तथ्यांकअनुसार १४औँ महाधिवेशनमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य थिए । साधारण सदस्यको एकीकृत विवरण भने कांग्रेसले राखेको छैन । डिजिटल सदस्यता वितरणको विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.