भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

न्यूयोर्क अदालतमा मदुरोले भने–“म निर्दोष छु”

न्यूयोर्क अदालतमा मदुरोले भने–“म निर्दोष छु”

एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोप अस्वीकार गर्नुभएको छ ।मादुरोले अमेरिकी म्यानहटनको संघीय अदालतमा उपस्थित भएर आफू ‘निर्दोष’ रहेको बयान दिनुभयो ।

उहाँविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवाद, मेसिनगन र विनाशकारी उपकरणहरू राखेको आरोपलगायतका अभियोग रहेका छन् ।

६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्यूयोर्कको संघीय अदालतले अर्को सुनुवाइका लागि आउँदो मार्च १७ तारिख तोकेको छ ।

गएको शनिवार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो । अमेरिकी राजनीतिमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै मदुरोसँग सत्ता परिवर्तनको विषय उठाउँदै आएको थियो । ट्रम्पको पहिलो कार्यकालमै दुवैको सम्बन्ध राम्रो थिएन ।

 


Thali Mobile Pvt.Ltd.