भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अठार अर्बको इन्धन आयात


  • भाद्र ९, २०८०
  • 244 Views
अठार अर्बको इन्धन आयात image

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ९१ हजार ७९६ किलोलिटर ९पेट्रोल, डिजेल, मटितेल, ग्यास हवाई इन्धन० आयात भएको हो ।

अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत इन्धन आयात कमी भएको हो । अघिल्लो वर्षको साउन महिनामा २१ अर्ब ९८ करोड रुपियाँको इन्धन आयात भएको थियो । बजारमा खपत कम हुँदा आयातमा कमी आएको हो । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण विकास निर्माणका काम कम हुँदा गत वर्षदेखि नै इन्धनको खपतमा कमी हुँदै आएको थियो ।

विभागका अनुसार साउन महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएको छ ।

एक अर्ब १७ करोड ९४ लाख १० हजार रुपियाँको १२ हजार ५४८ किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ । यस्तै तीन अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको ४५ हजार ६३१ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थको आयातबाट सात अर्ब २८ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

निगमका अनुसार आव २०७९र८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर ९डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास० आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.