भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अन्ततः राजीनामा दिँदै पाण्डे


  • असार १८, २०७९
  • 414 Views
अन्ततः राजीनामा दिँदै पाण्डे image

मकवानपुर । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् ।

बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।

मओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए ।

माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन् ।

आज शनिबार बस्नेगरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् । ‘गठबन्धनभित्र सरकार फेरबदल विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रा कति जना मन्त्री रहने भन्ने’दयगत छलफल हुन बाँकी छ,’ सिग्देलले भनिन्, ‘हामीले संसदीय दल बैठक बस्ने तयारी गरेका हौं ।’

गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार मन्त्री छन् । सरकार फेरबदल विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्ने र अपठ्यारो अवस्था आउन नदिने उनले बताइन् ।

पाण्डे नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६÷६ महिना नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।

आज संसदीय दलको बैठक
सरकारको नेतृत्व छोड्नुपर्ने अवस्था आएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दल बैठक बोलाएका छन् । आज शनिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिइन् । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले बैठक बोलाएका हुन् ।

एकीकृत समाजवादी केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत ११ कात्तिकमा गठबन्धनका दल कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई तत्कालीन समय बाग्मती प्रदेशका कुल १ सय ९ मध्ये ५९ सांसदको समर्थन थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदले समर्थन गरेका थिए ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.