DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आइतबारदेखि हराएकी ६ वर्षीया बालिकाको शव मध्यरातमा बोरामा भेटियो,बलात्कारपछि हत्या भएको अनुमान


  • मंसिर ९, २०७७
  • 646 Views
आइतबारदेखि हराएकी ६ वर्षीया बालिकाको शव मध्यरातमा बोरामा भेटियो,बलात्कारपछि हत्या भएको अनुमान image

बर्दिबास । महोत्तरीको बर्दिबास( १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए। हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागार्इंले बताए। उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्। घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो रु भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ।’ प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्।

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। ‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने। प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए।सोमबारस्थानीयले उनको पसलको सिसी क्यमरा हेर्न खोज्दा आरोपीले भनेका थिए,‘किन हेर्न आएको र मैले बच्चीलाई लुकाएको ’?

‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’बालिकाका बुवाले शहिद आलमले भने। सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए। गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपीलाई प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।

आइतबार साँझदेखि बालिकालाई प्रहरी, गाउँलले खोजी गर्दै आएका थिए। घटनाको खबर पाउन साथ घटनास्थल पुगेका बर्दिबास वडा नम्बर—१४ का वडा अध्यक्ष भरतबहादुर हमालले बालिकाको हत्याले चिन्तित बनाएको बताए। इलाका प्रहरी कार्यालय बर्दिबासबाट तीन दर्जन प्रहरी घटना स्थललाई घेरा हालेका छन्। घटना स्थालमा पुगेका बर्दिबास वडा नम्बर —१ का वडा अध्यक्ष चुडामणि पोखरेलले बालिका जीवित भेटिने आशमा खोजी गर्दै गर्दा उनको शव भेटेको बताए। प्रहरीले आरोपीको किराना पसल भएको घरमा खानतलासी गरेको छ। आइतबार बिहानै बालिकाका बुवाले स्कुल पढाउन भन्दै सप्तकविन्द्र बोर्डिङ स्कुलमा भर्ना गरेर आएका थिए। आमालाई घरमा जिम्मा लाएर बालिकाका बुवा शहिद मोवाइल किन्न भन्दै महोत्तरीको सम्सी बजार गएका थिए। अन्नपूर्णपोष्ट दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.