भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उद्योग विभागमार्फत मात्रै ४ खर्ब ३९ अर्बको वैदेशिक लगानी


  • चैत्र ९, २०७९
  • 236 Views
उद्योग विभागमार्फत मात्रै ४ खर्ब ३९ अर्बको वैदेशिक लगानी image

काठमाडौं । ६ अर्ब रुपैयाँभन्दा कम लगानी गर्ने विदेशी लगानीकर्तामार्फत हालसम्ममा उद्योग विभागमार्फत ४ खर्ब ३९ अर्ब ८२ करोड ९४ लाख लगानी प्रतिबद्धता आएको छ । ६ अर्बभन्दा माथिको वैदेशिक लगानीलाई लगानी बोर्डले स्वीकृति दिने प्रावधान रहेको छ । आर्थिक वर्ष २०१७÷१८ देखि हालसम्ममा स्वदेशी र विदेशी गरी कुल १७ खर्ब ८२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता भएको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ता गरी ८ हजार ९ सय ४७ उद्योगका लागि लगानी प्रतिबद्धता आइसकेको छ । विभागकी निर्देशक रमिला भण्डारीले भनिन्, ‘प्रतिबद्धता आएका हिसाबले मात्रै तथ्यांक हेर्ने हो भने हालसम्ममा उद्योगहरूबाट ६ लाख ७० हजार २ सय ५५ जनालाई रोजगारी दिइसकेको हुनुपर्छ ।’

९ हजार उद्योगमा २७ खर्ब ८२ अर्ब लगानी

विभागका अनुसार आवको पहिलो ८ महिनामा मात्रै १ सय ८३ वटा उद्योगले उद्योग दर्ता गरेका छन् । विभागको तथ्यांकनुसार हालसम्ममा ५ हजार ६ सय ९२ वटा विदेशी लगानीमा उद्योेग दर्ता भइसकेका छन् । चालू आवको साउनदेखि फागुनसम्ममा १ सय ५९ वटा विदेशी लगानीमा उद्योग स्थापनाका लागि स्वीकृति दिइएको छ । फागुनमा मात्रै १५ वटा विदेशी लगानीमा उद्योग दर्ता भएका छन् ।

चालू आवको साउनदेखि फागुनसम्ममा २० अर्ब ५६ करोड लगानी प्रतिबद्धता भएको छ । फागुनमा मात्र १५ वटा विदेशी लगानीको उद्योगका लागि १ अर्ब ९२ करोड ९० लाखको लगानी प्रतिबद्धता भएको छ । विदेशी लगानीबाट हालसम्ममा ३ लाख १ हजार ५ सय ९८ जनाले रोजगारी पाएको हुुनुपर्ने र चालू आवमा दर्ता भएका उद्योगबाट मात्र ९ हजार ४ सय ७८ जनाले नयाँ रोजगारी पाउने देखिएको उद्योग विभागले जनाएको छ । फागुनमा दर्ता भएका १५ वटा विदेशी लगानीका उद्योगले ८ सय ७३ जनालाई रोजगारी दिने जनाएको छ ।

उद्योग विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशी लगानीमा गरी १ सय ८३ वटा उद्योग दर्ता भएका र १ खर्ब ५५ अर्ब लगानी प्रतिबद्धता भएको छ । जसबाट १२ हजार ७ सय ४८ जनाले रोजगारी पाउने देखिएको छ । उद्योग विभागले यी दर्ता भएका उद्योगमध्ये ४३ वटाको प्रारम्भिक वातावरणीय परीक्षण गरेको छ ।

फागुन महिनामा ७ अर्ब ३० करोड लगानीसहित १९ वटा उद्योग दर्ता भएका छन् । विभागका अनुसार यतिका उद्योगले १ हजार ७ सय ११ जनालाई रोजगारी दिनेछन् । विभागको तथ्यांकनुसार साउनदेखि फागुनसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । साना उद्योगको संख्या ८३, मझौला उद्योगको संख्या ५३ र ठूला उद्योगको संख्या ४७ रहेको छ । जसमध्ये उत्पादनमुखी ६९ प्रतिशत छन् भने ऊर्जामा आधारित ३६ प्रतिशत रहेका छन् । यसैगरी, कृषिमा आधारित उद्योगहरू ३ प्रतिशत, पर्यटनमा आधारित ३७ प्रतिशत, खनिजमा आधारित २ प्रतिशत, सेवामा आधिरत ३० प्रतिशत र सूचना प्रविधिमा आधारित ६ प्रतिशत रहेका छन् ।

फागुनमा दर्ता भएका १९ वटा उद्योगमध्ये साना उद्योग नौवटा, मझौला उद्योग सातवटा र ठूला उद्योग तीनवटा रहेका छन् । विभागका अनुसार चालू आवको साउनमा मात्र २ अर्ब ६४ करोड ९ लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा ३ अर्ब ६५ करोडबराबरको लगानी प्रतिबद्धता आएको थियो । यस्तैगरी, मंसिरमा ८० करोड ८ लाख, पुस महिनामा ४ अर्ब ८५ करोड २० लाख, माघ महिनामा १ अर्ब ३९ करोडबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकनुसार गत आव २०७८÷७९ को साउनमा ५ अर्ब ५३ करोड ५० लाख, भदौमा ६ अर्ब ३२ करोड, असोजमा ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा ९८ करोड, मंसिरमा ५ अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा २ अर्ब २३ करोडबराबरको लगानी प्रतिबद्धता आएको थियो ।

विभागमा आव २०१७÷१८ देखि हालसम्ममा ८६ वटा प्याटेन्ट दर्ता भएका छन् भने डिजाइन दर्ता २ सय ९६ वटा भएका छन् । यसैगरी, ५७ हजार ७ सय ७९ वटा ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ । साउनदेखि फागुनसम्ममा प्याटेन्ट दर्ता ६ वटा भएकामा फागुनमा मात्रै चारवटा दर्ता भएको थियो । चालू आवमा कुल ११ वटा डिजाइन दर्ता हुँदा फागुनमा मात्रै तीनटा दर्ता भएका छन् । १ हजार ७ सय ४८ वटा ट्रेडमार्क दर्ता भएकामध्ये फागुनमा मात्रै दर्ता भएको संख्या २ सय १३ रहेको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.