DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता


  • फाल्गुन ६, २०७९
  • 219 Views
उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता image

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ।

जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो। भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.