भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘ओलीजी नैतिकता भए राजीनामा दिनुस्’


  • फाल्गुन १४, २०७७
  • 655 Views
‘ओलीजी नैतिकता भए राजीनामा दिनुस्’ image

काठमाण्डाैं । नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन। प्रगतिशील पत्रकार संघ रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। ‘अलिकति पनि नैतिकता बचेको भए ओलीजीले राजीनामा दिएर मुलुकलाइ निकास दिनुपर्छ, तर उहाँमा नैतिकता नै देखिएन,’ उनले भने।

सर्वोच्चको निर्णयले मुलुकलाइ अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको उनले बताए। संसद् पुनःस्थापनाले संविधानलाइ थप बलियो र विश्वसनीय बनाए पनि राजनीतिक अस्थिरता भने बढ्न सक्ने आशंका सिंहले गरे। प्रम ओलीले नै देशमा अस्थिरता निम्त्याएको भन्दै उनले बाह्य शक्तिको चलखेल झन बढ्ने बताए। ‘भारत, अमेरिका पक्ष झन् बलियो देखिएको र चीन पक्ष केही कमजोर भएको उनको विश्लेषण छ।

संसद् पुनःस्थापनासँगै मुलुकमा नयाँ चुनौती थपिएको भन्दै उनले राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर जानुपर्नेमा जोड दिए। नेता सिंहले नेकपा ओली र कांग्रेसबीच समीकरण हुनसक्ने बताए। प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एससिसीको पक्षमा रहेकाले यी दुइको गठबन्धन बन्न सक्ने सिंहको भनाइ छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.