काठमाडौं । गठबन्धन तोडिएको दोस्रो दिन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । मंगलबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको हो ।
‘केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरेको विज्ञप्तिमा छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक अविश्वनीय ढंगले पेस भएकाले उनीसँग विश्वास राख्न सक्ने स्थिति नरहेको टिप्पणी गरेको छ ।
‘मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको म्यान्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो,’ विज्ञप्तिमा छ, ‘तर, त्यो म्यान्डेड कुठाराघात गर्दै दोस्रोपटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनुभएपछि कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन ।’
कांग्रेसले नयाँ गठबन्धन निर्माणले राजनीतिक अस्थिरताको सिर्जना गरेको विश्लेषण गर्दै प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय लिएको छ । ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिकपंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको छ,’ विज्ञप्तिमा छ, ‘यो घटनालाई गम्भीर ढंगले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ ।’
पदाधिकारी बैठकमा देउवाले भने– प्रचण्डबाट धोका भयो, राजनीतिक अस्थिरता निम्तियो गठबन्धनमा प्रचण्डजीबाट ठूलो धोका भयो । उहाँको यो कदमबाट राजनीतिक अस्थिरता निम्तिएको छ । परिवर्तित समयमा कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहनेछ ।
एक नेताका अनुसार गठबन्धन टुटेको विषयमा सभापति देउवाले बैठकलाई जानकारी गराएका थिए । ब्रिफिङका क्रममा उनले कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका थिए । ‘गठबन्धनमा प्रचण्डजीबाट धोका भयो ।
यसबाट राजनीतिक अस्थिरता निम्तिएको छ । परिवर्तित समयमा कांग्रेस रचनात्मक प्रतिपक्षको आफ्नो भूमिकामा रहनेछ,’ उनले बैठकमा भनेका थिए । उपसभापति धनराज गुरुङका अनुसार बैठकले प्रधानमन्त्री प्रचण्डको कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । साथै, कांग्रेसका कमजोरीका विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
प्रवक्ता डा। प्रकाशशरण महतले गठबन्धन तोडिनुमा कांग्रेसका कमजोरीका रूपमा माओवादीले उल्लेख गरेका विषयमा सत्यता नरहेको निष्कर्ष निकालेको बताए । नेता अर्जुननरसिंह केसीले बैठकमा गठबन्धन जोगाउन प्रधानमन्त्री प्रतिबद्ध नभएको र कांग्रेसका कमजोरीका विषयमा समेत छलफल भएको बताए ।
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै कांग्रेसले भनेको छ ।
प्रधानमन्त्रीले विश्वास गुमाए स् ४ मंसिरमा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको म्यान्डेटप्रति कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर, त्यो म्यान्डेट कुठाराघात गर्दै दोस्रोपटक पनि उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अविश्वसनीय ढंगले अग्रसर हुनुभएपछि कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन ।
अस्थिरताको जोखिमः संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिकपंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समय थियो । तर, कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै, प्रधानमन्त्रीको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको छ । सशक्त प्रतिपक्ष स् यो घटनालाई गम्भीर ढंगले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय छ । नयाँ पत्रिका दैनिकबाट…
