भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पूर्वउपराष्ट्रपति पुनका छोराहरू सुन तस्करीमा, हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको खुलासा


  • फाल्गुन २७, २०८०
  • 344 Views
पूर्वउपराष्ट्रपति पुनका छोराहरू सुन तस्करीमा, हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको खुलासा image

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् ।

तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकजस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय थिए । भुटानी शरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् ।

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी र सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको छ । सुन तस्करीमा पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार छन् ।

उनले सुन तस्करीकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए । तत्कालीन उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका र प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटोसहितको दस्ताबेज र यस्तै दस्ताबेज धितो राखेर चिनियाँ बिक्रेतासँग सुन किन्न गरेको तमसुक होइन, तमसुक गर्दाको फोटो र भिडियो पनि प्राप्त गरेको छ ।

माओवादी नेता पुन साढे ७ वर्ष नेपालको उपराष्ट्रपति बनेका थिए । २०७२ कात्तिक १४ देखि २०७४ चैत ४ सम्म पहिलो कार्यकाल र २०७४ चैत ५ देखि २०७९ चैत ६ सम्म दोस्रो कार्यकाल उनले सो ‘गरिमा’ पाएका थिए ।

यो बीचमा उनले छोराको कारोबारलाई सघाउन चिनियाँ व्यापारीलाई भटेको पनि खुलासा भएको छ । उनीहरूलाई विश्वस्त गराउन छोरा जितेन्द्रले उपराष्ट्रपति कार्यालयको अधिकृतका रूपमा औपचारिक परिचयको प्रतिलिपि पनि दिएका थिए ।

जितेन्द्रले चार किलो सुन उधारोमा किन्न २०७६ असोज १९ ६ अक्टोबर २०१९ मा चीनको सेन्जेन प्रस्पर मङ्कक कम्पनीसँग तमसुक गरेका थिए । करिब अढाई करोड नेपाली रुपैयाँ तिर्न उनले एक वर्षको म्याद लिएका थिए । जसको दैनिक ब्याज २० हजार र वर्षभरिको ७१ लाख निर्धारित गरिएको थियो । आजकाे कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.