भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गति लिँदै कर्णाली समृद्धिका आयोजना


  • मंसिर २९, २०७७
  • 778 Views
गति लिँदै कर्णाली समृद्धिका आयोजना image

दैलेख । कर्णाली प्रदेशलाई नै समृद्धिको मार्गमा डो¥याउन सक्ने दैलेखमा सञ्चालित महìवपूर्ण आयोजनाले गति लिन थालेका छन् । जल, जमिन, जडीबुटी र ऐतिहासिक, धार्मिक एवं पुराताìिवक हिसाबले धनी दैलेख जिल्लाको विकासमा महìवपूर्ण ती राष्ट्रिय गौरवका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् । माथिल्लो कर्णाली जलविद्युत् आयोजना, राकम कर्णाली नयाँ सहर आयोजना, दुल्लु स्मार्ट सिटी, मध्यपहाडी राजमार्ग, पेट्रोलियम अन्वेषण र त्रिदेशीय सडकको काम सम्पन्न भएमा दैलेखसँगै कर्णाली प्रदेश नै समृद्धिको बाटोमा अगाडि बढ्ने निश्चित छ ।

मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग दैलेखको विकासका लागि निकै महìवपूर्ण आयोजना हो । दैलेखमा १२५ किलोमिटर पर्ने सडक खण्डको काम अबको एक वर्षभित्र सम्पन्न हुँदैछ । सदरमुकामको विवाद समाधानसँगै अबको एक वर्षभित्र १२५ किलोमिटर सडक खण्ड कालोपत्रेसमेत हुनेछ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका योजना प्रमुख अर्जुनकुमार बमले जिल्लाभर १२५ किलोमिटर सडक खण्डमा काम भइरहेको र एक वर्षभित्रै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले केही भागमा कालोपत्रे भइसकेको छ ।

नयाँ सहर आयोजना

मध्यपहाडी लोकमार्गमै पर्ने राकम कर्णाली नयाँ सहर आयोजनाको कामले पनि लामो समयपछि गति लिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि र जग्गाधनीबीच मुआब्जा विवादमा सहमति भएपछि नयाँ सहर आयोजनाले पनि गति लिएको हो । नयाँ सहर आयोजनाका प्रमुख सुशील रसाइलीले मुआब्जा विवाद भएका कारण आयोजनाले सोचे अनुरूप गति लिन नसके पनि काम भने प्रत्येक वर्ष केही न केही भइरहेको बताउनुभयो । उहाँले अब छिट्टै बाँकी रहेको ठेक्का आह्वान गरेर काम अगाडि बढाउने जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ अन्वेषण

दैलेखको पेट्रोलियम पदार्थ सर्वेको काम प्राथमिकताका साथ सुरु भएको थियो । चीन र नेपाली प्राविधिक टोलीले यो क्षेत्रमा पेट्रोलियमको भण्डार रहेको निष्कर्ष निकालेका छन् तर कोरोना महामारीका कारण थप अन्वेषण र सर्वेको काम हुन सकेको छैन । अहिले खानी तथा भूगर्भ विभागले चीनसँग पुनः सम्झौताको तयारी गरेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा। गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषण गरिएका १० वटा सिस्मिक सर्वे लाइनमा मुख्य ड्रिलिङ गर्ने तयारी असोजमा गरे पनि कोरोना महामारीका कारण स्थगित भएको बताउनुभयो । उहाँले रोकिएको काम अब छिट्टै सुरु गरिने जानकारी दिनुभयो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना

लामो समयदेखि चर्चामा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना मुआब्जा विवाद र लगानी जुटाउन नसकेपछि यसको काम हुन सकेको छैन । अहिले यो आयोजनाको काम शून्य छ । आयोजनाबाट प्रभावित झन्डै ४८ हेक्टर जमिनमध्ये साढे सात हेक्टरको १३ करोड ६२ लाख रुपियाँ मात्र मुआब्जा वितरण भएको छ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रमुख केके शर्माले आयोजनाको काम भइरहेको दाबी गर्नुभयो ।
भारतीय कम्पनी जीएमआरले सन् २०१४ मै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न लगानी बोर्डसँग परियोजना विकास सहमति ९पीडीए० गरेको थियो । पीडीए गर्दा आर्थिक स्रोत जम्मा गर्ने सर्त राखे पनि अहिलेसम्म आर्थिक स्रोत जुटाउन सकेको छैन । यहाँ उत्पादित बिजुली बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले किन्ने सहमति भइसकेको छ ।

दुल्लु स्मार्ट सिटी

दैलेखकै दुल्लु स्मार्ट सिटीको काम भने बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीका अनुसार स्मार्ट सिटीका लागि विभिन्न क्षेत्रको गुरुयोजना तयार गरिए पनि बजेट अभाव हुँदा अहिलेसम्म काम हुन सकेको छैन । चालू आर्थिक वर्षमा भने सङ्घीय सरकारले १० करोड रुपियाँ विनियोजन गरेकाले बोलपत्रको प्रक्रिया अगाडि बढेको छ ।

नाग्चेनाग्ला जोड्ने सडक

दैलेख, कालीकोट, मुगु हुँदै तिब्बतको नाग्चेनाग्ला जोड्ने सडकमा पनि सोचे अनुसार काम हुन सकेको छैन । गत आर्थिक वर्ष प्रतिनिधि सभा सदस्य रवीन्द्र शर्माले स्थानीय पूर्वाधारको छ करोड रुपियाँ उक्त सडकमा विनियोजन गर्नुभए पनि ठेकेदारले भुक्तानी पाएनन् । जिल्ला समन्वय समिति, दैलेखका प्रमुख प्रेम थापाले जिल्लाको आर्थिक, सामाजिक रुपान्तरणमा महìवपूर्ण योगदान दिने आयोजनाहरूमध्ये मध्यपहाडी लोकमार्गको काम निकै अगाडि बढेको चर्चा गर्दै अन्य आयोजनाको गति भने कम रहेको बताउनुभयो । गोरखापत्र दैनिबाट….

 


Thali Mobile Pvt.Ltd.