भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुजारा नचलेपछि फेरि भारततर्फ युवाको लर्काे


  • भाद्र २३, २०७७
  • 526 Views
गुजारा नचलेपछि फेरि भारततर्फ युवाको लर्काे image

महेन्द्रनगर । सोमबार बिहान कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा सात जनाको समूह भेटियो । उनीहरूले निधारमा रातो टीका, कानमा फूल, मुखमा मास्क र पिठ्यँुमा झोला भिरेका थिए ।

नेपालतर्फ बेला–बेला फर्केर हेर्दै, भारततर्फ आफ्ना पाइला अगाडि बढाइरहेका थिए उनीहरू । त्यही सात जनाको समूहमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका ३२ वर्षीय गणेशदत्त जोशी पनि छन् । जोशी महामारीको संक्रमणबाट बच्न चैत महिनामा भारतको बैंगलोरबाट गड्डाचौकी नाका हुँदै नेपाल फर्किनुभएको थियो ।

तर, काम नगरीकन बस्दा घर चलाउनै समस्या भएपछि उनी महामारीकै बीच रोजगारीका लागि फेरि भारत पगेका हुन । ‘कोरोनाबाट बच्न रोगले मरे पनि नेपालमै मर्छु भन्दै चैतमा भारतबाट घर फर्किएको थिएँ ।’ जोशीले भने, ‘तर के गर्नु यहाँ रोगले भन्दा पहिला भोकले मर्नुपर्नेजस्तो स्थिति आयो ।’ घर फर्किएको ६ महिनासम्म बेरोजगार बस्नुपर्दा दुई छाक टार्न पनि मुस्किल भएपछि फेरि भारत जान बाध्य भएको जोशीले बताए। ‘भोकले मर्नुभन्दा त रोगले मर्नु राम्रो जस्तो लागेर बाध्य भई भारत जाँदै छु ।’ हिमालय टाइम्सबाट…

 


Thali Mobile Pvt.Ltd.