भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुप्तचर प्रमुख फर्के पछि भारतीय सेनाध्यक्ष नेपाल, के छ सन्देश ?


  • कार्तिक १२, २०७७
  • 716 Views
गुप्तचर प्रमुख फर्के पछि भारतीय सेनाध्यक्ष नेपाल, के छ सन्देश ? image

भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे कात्तिक १९ देखि तीन दिन नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । नेपाली सेनाले मंगलबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नरभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा एकान्त वार्ता गर्नेछन् ।

भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरभणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ ।

भारतको गुप्तचर एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल आएर फर्केको दुई साताभित्र हुन लागेको भारतीय सेनाप्रमुखको भ्रमणलाई नेपालले दुई देशबीच एक वर्षदेखि ठप्प कूटनीतिक संवाद सुचारु गर्न उपयोग गर्न लागेको छ।सन् २०१६ मा नेपालमा नाकाबन्दी थियो र त्यसवेला पनि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसवेला नेपालमा जारी भएको नयाँ संविधानबारे असमझदारी हुँदा नेपाल र भारतको कूटनीतिक र राजनीतिक नेतृत्वबीच संवाद बन्द थियो ।

त्यसवेला संवाद सुचारु गर्न नेपाली सेनाले प्रयास गरेको थियो । नेपाली सेनाका तत्कालीन प्रमुख राजेन्द्र क्षेत्रीको भारत भ्रमणपछि नेपालमा नाकाबन्दी अन्त्य भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गरेका थिए । चार वर्षपछि प्रधानमन्त्री ओलीले सैन्य कूटनीतिमार्फत सम्बन्ध सुचारु गर्न चाहेका छन् । प्रधानमन्त्री ओलीको चाहनाअनुसार नेपाली सेनाप्रमुख पूर्णचन्द्र थापाको प्रयासमा भारतीय सेनाप्रमुख नरभणे नेपाल आउन लागेको नेपाली सेनाको बुझाइ छ ।

पछिल्लोपटक ०७३ माघमा नाकाबन्दी हटाउन प्रधानमन्त्री ओलीले सैन्य कूटनीति प्रयोग गरेजस्तै यसपटक पनि उनको रुचिअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रयास र निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपाल आउन लागेका हुन् । तर, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भारतीय सेनाध्यक्षको भ्रमण नियमित र पारम्परिक भएको प्रतिक्रिया दिए । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व विवादका कारण एक वर्षदेखि राजनीतिक र कूटनीतिक संवादमा गतिरोध छ ।

गतिरोधबीच रअका प्रमुखको भ्रमण ५ र ६ कात्तिकमा भयो भने सेनाध्यक्षको भ्रमण त्यसको दुई साताभित्र हुने सेनाले मंगलबार विज्ञप्तिमा जनाएको छ । भारतीय सेनाप्रमुखको यसवेलाको भ्रमण परम्परागत प्रकारको देखिए पनि यसमा दुई देशबीच कूटनीतिक संवाद सुचारु गर्ने राजनीतिक अभिप्राय जोडिएको छ । अघिल्लो वर्ष सुरुमा भारतले र त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधाराको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुवै देशबीच कूटनीतिक र राजनीतिक तहमा द्विपक्षीय वार्ता ठप्प छ ।

यसबीचमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अगस्ट १५ मा टेलिफोन संवाद भए पनि त्यो औपचारिकतामा सीमित थियो । एक वर्षदेखि दुई देशबीच विदेशसचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गरे पनि सफल हुन सकेको छैन । औपचारिक कूटनीतिक संवाद ठप्प रहेका वेला भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्वसाथ हेरिएको छ ।

एक सैन्य अधिकारीका अनुसार दुई देशबीच थाती रहेका विषय संवादबाट हल गर्नुपर्छ र सम्बन्ध सुदृढ गर्नुपर्छ भन्नेमा भारतीय सैन्य नेतृत्व पनि सहमत छ । प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान गरेर सम्बन्ध थप सुढृढ गर्नुपर्ने नेपालको धारणासहितको सन्देश सेनाध्यक्षमार्फत समकक्षी मोदीलाई पठाउनेछन् । नेपालले भारतसँगको सम्बन्धलाई चीनसँग अलग गरेर हेर्नुपर्ने धारणा राख्दै आएको छ । यो सन्देश प्रधानमन्त्री ओलीले पुनः दोहोऱ्याउने छन् । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.