भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक


  • चैत्र १८, २०७७
  • 864 Views
गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक image

बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घट्ना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो। अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए। पूर्वडिआइजी हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए। उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसक्ने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्नेगरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ।’

उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए। उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनु हुँदैन । ठाउँ र परिवेश अनुसन्धान अनुसन्धानमा सहयोग पुग्नेगरी भेषभुषा बदल्नुपर्ने प्रहरीको अनुसन्धानसम्बन्धि नियामावलीले बताउँछ । पूर्वडिआइजी पीताम्बर अधिकारीले सादा पोसाकमा खटिएर गोप्य अनुसन्धान गर्ने प्रहरीको पहिचान नै खुल्नेगरी पोसाक वितरण हुनु उचित नभएको बताए। उनले भने, ‘अनुसन्धान कार्य निकै संवेदनशील हो, त्यसैले यहाँ पोसाकभन्दा पनि अध्ययन र भित्री विषय बाहिर ल्याउन सक्नु महत्वपूर्ण हो।’ उनका अनुसार अपराधिक कार्य भएको ठाउँमा जादाँ छुट्टै भ्यान र पोसाक पनि प्रयोग गर्ने चलन छ। कतिपय अवस्थामा प्रहरी पोसाक पनि प्रयोग गरिन्छ। गोप्य अनुसन्धानमा ताकिएको पोसाक लगाइन्छ।

‘क्राइम सिन र इन्भेस्टिगेसन गर्दा लगाउने पोसाक फरक हुनुपर्छ,’ उनले भने, ‘घटनास्थल अनुसन्धान र विशेषज्ञका रुपमा काम गर्नेले पोसाक लगाउँदा फरक पर्दैन।’ प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्रका १० जिल्लाका अपराध अनुसन्धान विभागमा काम गर्ने प्रहरी कर्मचारीहरूले यस्तो ज्याकेट र टोपी लगाउनुपर्ने निर्णय गरेको हो। प्रहरीले हरियो रङको टोपी र ज्याकेट लगाउने छन्। जसका आधारमा सर्वसाधारणले पनि प्रहरी हो भनेर ठम्याउन सक्नेछन्। तर अनुसन्धानमा खटिने प्रहरीको पोसाक पहिचान खोल्नु नियमविपरीत मानिन्छ। वाग्मती प्रदेश प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालयमा खटिने प्रहरीहरूले यो पोसाक लगाउनेछन्।

कुनै घटना भइसकेपछि उक्त घटनामा खटिनासाथ प्रहरीले खटिँदा यो पोसाक लगाउनुपर्नेछ । तर अनुसन्धानमा बाधा पुग्नेगरी लगाउन वितरण गरिएको लुगाले अनुसन्धानमा सहयोग पुग्ने बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हाल नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरीले प्रहरी बर्दी लगाउँदैनन्। अन्य एकाइहरूका अनुसन्धान क्षेत्रमा पनि प्रहरी पोसाकको प्रयोग गरिँदैन। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले प्रदेश प्रहरी कार्यालयले गरेको कार्य सही भएको दाबी गरे । उनले घटनापछि फिल्ड खटिने प्रहरीले फरक पोसाक लगाउँदा प्रहरीलाई चिन्न सजिलो हुने बताए।

उनका अनुसार घटनापछि मुचुल्का गर्ने, विवरण संकलन गर्ने र थप अनसन्धान गर्ने प्रहरीले यो पोसाकको प्रयोग गर्नेछन् । हाल सिभिल प्रहरी भनेर खटिने प्रहरीले यो पोसाक प्रयोग गर्नेछन् । गोप्य सूचना संकलन गर्न र घुमुवा प्रहरीलाई यो लगाउन नदिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘अनुसन्धानमा काम गर्ने प्रहरी कर्मचारी को हो भनेर पसहिचान गर्न सजिलो हुन्छ,’ उनले भने, ‘यसले अनुसन्धान कार्यमा बाधा पुर्‍याउँदैन।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.