भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

घर नहटाउँदा ८ नयाँ पुल प्रयोगविहीन


  • माघ १५, २०७९
  • 259 Views
घर नहटाउँदा ८ नयाँ पुल प्रयोगविहीन image

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका पुल जोखिमपूर्ण देखिएपछि डबल लेनका आठवटा नयाँ बनाएको एक वर्ष भयो। तर, छेउछाउका घरटहरा नहटाउँदा पुलसँग सडक जोड्न मिलेको छैन। जसकारण सवारी साधन भने पुरानाबाटै चल्ने गरेका छन्। खहरे, खोर खोला, लामो बालुवा, भोर्ले, सिमलताल, काली खोला, खहरे, चिसेन्जीमा बनाइएका नयाँ संरचना प्रयोगमा आउन नसकेको हो। निर्माण कम्पनी अनक कन्स्ट्रक्सनका साइट इन्चार्ज दशरथ डंगोलले मुआब्जा नदिँदा पहुँच सडक बनाउन नमिलेको बताए। ‘मुआब्जा नदिएका कारण नयाँ पुललाई पुरानो बाटोसँग जोड्ने सडक बनाउन पाएका छैनौं’, डंगोलले भने, ‘हाम्रो तर्फबाट काम भयो। क्षतिपूर्तिकै कारण रोकिएको हो।’

दातृ निकाय विश्व बैंकले क्षतिपूर्ति दिएर मात्रै घरटहरा हटाउनुपर्ने सर्त राखेको थियो। जसअनुसार सरकारले छुट्टै बजेट ब्यवस्थापन गरेर क्षतिपूर्ति दिनुपथ्र्यो। तर, बजेट विनियोजन नगर्दा स्थानीयवासीले क्षतिपूर्ति पाएका छैनन्। आफूहरूको बिचल्ली हुन लागेको दुखेसो पीडितले पोखेका छन्। मुग्लिननजिक खहरेमा घर नभत्काउँदा पुलको जग हाल्नै मिलेको छैन। यो सडक खण्डमा २६ घरटहरा भत्काउनुपर्ने देखिएको छ।

खहरे खोलाकी रनमाया गुरुङले क्षतिपूर्ति नपाउँदा वर्षौंदेखिको बसोबास छोड्न नसकेको बताइन्। ‘आफूले जीवनभर गरेको दुःख यही घरमा छ। मन नलागे पनि छोडेर जानै पर्‍यो’, गुरुङले भनिन्, ‘क्षतिपूर्ति नपाएसम्म कहाँ जाउँ र खै रु’ खहरेकै हिमाल श्रेष्ठले लगानी भएअनुसारको क्षतिपूर्ति विवरण नभएको बताए। ‘हामी विकासको बाधक होइनौं। तर, उचित क्षतिपूर्ति हुनुपर्‍यो भन्ने मात्रै हो’, श्रेष्ठले भने।

मुग्लिननजिक खहरेमा घर नभत्काउँदा पुलको जग हाल्नै मिलेको छैन। यो सडक खण्डमा २६ घरटहरा भत्काउनुपर्ने देखिएको छ। क्षतिपूर्तिका लागि झन्डै १ करोड बजेट चाहिन्छ। गत वर्ष फाइल पेस गरे पनि बजेट निकासा नभएको र यस वर्ष अर्थ मन्त्रालयमा फाइल पुगेको सरकारी अधिकारी बताउँछन्। नारायणघाट–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बजेट अभावले घर टहरा हटाउन नसकिएको बताए। ‘क्षतिपूर्ति नदिँदा काम अघि बढाउन सकिएन’, आचार्यले भने, ‘अघिल्लो वर्ष बजेटका लागि फाइल पेस गरे पनि निकासी भएन। यसपटक होला कि भन्नेमा आशावादी छांै।’

पुराना पुल सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण छन्। ठूला सवारी साधन एकैपटक दोहोरो चल्न सक्दैनन्। पुलमा सवारी गति कम हुने गरेको छ। सडक स्तरोन्नतिपछि उक्त परियोजनाअनुसार नयाँ पुल बनाइएको हो। आयोजनाअन्तर्गत १९ ।मध्ये चारवटा पुल पहिल्यै सञ्चालनमा आएका छन्। कालीखोला, रिग्दी खोलामा निर्माणाधीन छन्। सेती दोभान, लामो बालुवा र डुम्रे खोलाको पुल डेढ महिनाभित्र सञ्चालन गर्ने तयारी छ।

पुल बनाउन २०७६ साल चैत १० गते सम्झौता भएको थियो। कोरोना संक्रमणपछि लकडाउनका कारण काम प्रभावित भएको थियो। चिसेन्जी र तुइन खोलामा पुल निर्माणका लागि पहाड कटान गरिँदै छ। दैनिक चार घण्टा सवारी आवागमन रोकेर पहाड कटान गरिँदै छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.