भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चार महिनाको छिनाझपटीपछि नेकपामा फेरि विवाद चुलियो


  • कार्तिक १३, २०७७
  • 710 Views
चार महिनाको छिनाझपटीपछि नेकपामा फेरि विवाद चुलियो image

काठमाडौँ । चार महिनाको छिनाझपटीपछि फेरि विवाद नहुने गरी मिलेको भनिएको नेकपाभित्रको सहमतिबारे नेता घनश्याम भुसालले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा भनेका थिए, ‘यो सहमति ब्रेन ट्युमरका बिरामीलाई निको पार्छु भनेर टाउकामा घस्ने नुरानीको तेल लगाइदिएजस्तै हो ।’

भुसालकै जस्तै सार थियो– स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, रघुजी पन्त र मातृका यादवको पनि । उनीहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा शक्ति बाँडफाँट गर्ने गरी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव र त्यही आधारको अध्यक्षद्वयको प्रतिवेदनलाई तात्कालिक युद्धविरामको संज्ञा दिएका थिए तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षधर अधिकांश नेताहरू उक्त सहमतिबाट उत्साहित भए ।

विभाजनको संघारमा पुगेको पार्टीलाई जोगाएको र अब कोरोना नियन्त्रणमा समेत पार्टीको ध्यान केन्द्रित गर्ने उनीहरूको भनाइ थियो ।अध्यक्षद्वयले पनि आन्तरिक विवाद सुल्झियो भनेर नेकपाले गत भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय ९कट अफ डेट० का रूपमा व्याख्या गरे । पार्टी केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाउँदै उनीहरूले सोही दिनदेखि पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नगर्ने प्रतिबद्धता जनाए ।

नेकपाको सचिवालय बैठकसमेत जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडामा बस्यो, जसलाई कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढेको देखाउन नेकपाले दिएको सन्देशका रूपमा व्याख्या गरिएको थियो । उक्त बैठकमा सरकार पुनर्गठन र राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमलाई मन्त्री बनाउन हुन्छ कि हुन्न भन्ने विषयमा लामो छलफल चल्यो ।

त्यसपछि नेकपामा सचिवालय बैठक कम र अध्यक्षद्वयबीच छलफल धेरै हुन थाले तर जति धेरै छलफल भयो, त्यति नै विवाद बल्झिँदै गयो । अध्यक्षद्वयले गत भदौ २९ गते अन्तरपार्टी निर्देशन जारी गर्दा भनेझैं भदौ २६ गते ‘कट अफ डेट’ बन्न सकेन । स्थायी कमिटी सदस्य मातृका यादव त्यतिखेर सहमतिका लागि भन्दा पनि गल्ती ढाकछोपका लागि मात्रै पार्टीभित्र मेलमिलाप भएकाले विवाद बल्झिने निश्चित नै भएको बताउँछन् ।

‘पार्टी जटिल अवस्थामा पहिले पनि थियो, अहिले पनि छ, त्यतिखेर स्थायी कमिटीमा विवाद मिल्यो भनेको पनि केही पाउन र केही बचाउनका लागि मात्रै हो, मैले त्यो बेला नै कार्यदलले ल्याएको सहमतिको प्रस्ताव रूपान्तरण हैन, गल्तीको ढाकछोप हो भनेको थिएँ,’ यादवले कान्तिपुरसँग भने, ‘कमरेडहरूले पार्टी नफुटोस् भनेर सहमति गर्नैपर्ने स्थिति आइलाग्यो भन्नुभयो । यस्तो मोजमस्ती गर्न पाएका छन्, नेताहरूले पार्टी फुटाउँछन् र रु हामीले रूपान्तरणको छलफल गर्नुपर्थ्यो सकेनौं ।’कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.