भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चिनीको मूल्यमा मनपरी


  • आश्विन ९, २०७७
  • 638 Views
चिनीको मूल्यमा मनपरी image

सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म लिने गरेका छन् ।

केही मार्ट, डिपार्टमेन्टल स्टोर्सले ८० देखि ८५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन् । तरकारीजस्तो चिनी सड्ने, गल्ने वस्तु नभएकाले मूल्यमा एकरुपता हुनुपर्ने हो तर छैन । उद्योगी र व्यापारीको मिलेमतोमा चिनीमा उपभोक्ता सधैं ठगिएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘साल्ट ट्रेडिङमा सस्तो भए पनि मागेजति दिएको छैन,’ श्रेष्ठले भने, ‘ठूला व्यापारीको मिलेमतोमा चिनीमा खेल भइरहेको छ ।’

खुद्रा किराना पसलले ८५ देखि ९० रुपैयाँमा चिनी बिक्री गरिरहेको श्रेष्ठले बताए । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका हुन् । ती कम्पनीले सरकारले समयमा नै चिनी आयातको अनुमति नदिँदा मागको आधारमा आपूर्ति गर्न नसकेको बताउँछन् । आफूसँग सीमित चिनी भएकाले माग गरेका आधारमा आपूर्ति गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए । ‘हाम्रो आउटलेटमा ७३ रुपैयाँ किलोमा बिक्री गरिरहेका छौं,’ झाले भने, ‘सरकारले समयमै चिनी आयात गर्ने अनुमति नदिँदा पर्याप्त स्टक छैन ।’

अहिले खुद्रा हिसाबले मात्र बिक्री गरिरहेको, नयाँ चिनी आएपछि मात्र ठूलो परिमाणमा दिन सक्ने झाले बताए । अहिले बजारमा चिनी प्रतिकिलो ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर बजारमा हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका छन् । फितलो सरकारी तयारीले चिनीको मूल्य नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

‘समयमा खरिद गरेर स्टक राखेको भए मूल्यमा एकरुपता हुन्थ्यो,’ उनले भने, ‘बजारमा प्रभावकारी अनुगमन नहुँदा पनि मूल्य फरकफरक छ ।’ स्वदेशी उत्पादन सकिएकाले चिनीको मूल्य बढेको हुन सक्ने चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । ‘हाम्रो उत्पादन सकिएको एकडेढ महिना भयो,’ अग्रवालले भने, ‘भारतबाट आयात हुन सुरु भएकाले मूल्य फरक भएको हुन सक्छ ।’

दसैं, तिहारलगायतका चाडपर्वमा चिनी अभाव हुन नदिन दुई कम्पनीले तीस हजार मेट्रिक टन चिनी आयात गर्ने भएका छन् । दसैंमा मूल्य वृद्धि नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीले चिनी आयात गर्न लागेका हुन् । साल्ट ट्रेडिङलाई २० हजार टन र खाद्य व्यापार कम्पनीलाई १० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न सरकारले अनुमति दिएको छ । दसैंअघि नै चिनी ल्याउन टेन्डर गरेर भारतीय कम्पनी छनोट भइसकेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.