भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चीनले ३ लाख डोज भ्याक्सिन दिने


  • माघ १९, २०७७
  • 777 Views
चीनले ३ लाख डोज भ्याक्सिन दिने image

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ ।

चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।
चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको दाबी गरेको छ ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.