भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाँकेमा अत्यधिक चिसोः नेपालगन्ज र कोहलपुर नगरपालिकाको आह्वानमा विद्यालय बन्द


  • माघ १९, २०७७
  • 746 Views
बाँकेमा अत्यधिक चिसोः नेपालगन्ज र कोहलपुर नगरपालिकाको आह्वानमा विद्यालय बन्द image

बाँके । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि नेपालगन्ज र कोहलपुर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आ–आफ्नो पालिकामा सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्न आह्वान गरेपछि यहाँका विद्यालय बन्द भएका हुन् ।

अत्यधिक चिसो बढेकाले बालबालिका, ज्येष्ठ नागरिक, असहाय र गरिबीको रेखामुनि रहेका समुदाय प्रभावित भएको भन्दै जनप्रतिनिधिमूलक संस्थाले बन्द आह्वान गरेका हुन् । नेपालगन्ज र कोहलपुरले आह्वान गरेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालय २२ माघसम्मका लागि बन्द गरिएको प्याब्सन बाँकेले जनाएको छ । मौसममा सुधार भए २२ माघ र यथास्थितिमा भए २३ माघ शुक्रबारसम्म विद्यालय बन्द गर्न नेपालगन्ज उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जारी गरेको पत्रमा उल्लेख छ ।

नेपालगन्जको तापक्रम ३.३ डिग्री सेल्सियस
१ माघदेखि बाँकेमा बाक्लो कुहिरो लाग्ने, पानी परेजस्तै शीत खस्ने गरेको छ । दिउँसोको समयमा कहिलेकाहीँ घाम लागे पनि अधिकांश समय दिनभर कुहिरो लाग्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार आइतबार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिनभर घाम नलागेका कारण अत्यधिक चिसो महसुस भएको फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले बताए । उनले बाँकेमा सबैभन्दा कम तापक्रम बिहीबार मापन गरिएको थियो । बिहीबार बाँकेको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको उनले बताए ।

चिसो बढेसँगै नेपालगन्जका सडकमा यात्रा गर्नेहरू घटेका छन् । यहाँका व्यापारी दिनभर आगो तापेर बस्ने गरेका छन् । नेपालगन्जका विभिन्न ठाउँका सर्वसाधारण पनि आगो बालेर चिसो छल्ने प्रयासमा देखिन्छन् । यस वर्ष नेपालगन्ज उपमहानगरले दाउरा वितरण नगर्दा आफूहरू चिसोले कठ्यांग्रिन थालेको सर्वसाधारणको भनाइ छ ।

अस्पतालमा रुघाखोकी र निमोनियाका बिरामीको चाप
अत्यधिक चिसोले अस्पतालमा रुघाखोकी, निमोनिया, श्वासप्रश्वास समस्या भएका बिरामीको चाप बढेको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले बताए । उनले अति जरुरी कामबाहेक बाहिर ननिस्कन सुझाब दिएका छन् ।

‘चिसोले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्छ । यस्ता विरामीको ख्याल गर्नुपर्छ,’ उनले भने, ‘अति जरुरी कामबाहेक बाहिर ननिस्कँदा चिसोबाट बच्न सकिन्छ ।’उनले कोठा न्यानो बनाएर बस्न सुझाब दिएका छन् । ‘तर, कोठा न्यानो बनाउने नाममा कोठामा धुवाँ बनाउनु हुँदैन,’ उनले भने, ‘बच्चालाई न्यानो कपडामा बेरेर राख्दा निमोनिया हुनबाट जोगाउन सकिन्छ ।’

नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.