भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जलेर घाइते भएकी महिलाको मृत्यु


  • फाल्गुन १७, २०८१
  • 328 Views
जलेर घाइते भएकी महिलाको मृत्यु image

विराटनगर । आगोले जलेर घाइते भएकी मोरङको कानेपोखरीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। आगोले जलेर घाइते भएको १ महिनापछि उनको मृत्यु भएको हो।

चिमरियाका अनुसार गाईलाई खोले पकाउने क्रममा गत माघ १७ गते सारीबाट सल्किएको आगोले जलेर रीता गम्भीर घाइते भएकी थिइन्। उनलाई उपरचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो। विराटमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगियो। वीर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान रीताको मृत्यु भएको एसपी चिमरियाले बताए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.