भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए


  • जेष्ठ १५, २०७९
  • 415 Views
जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए image

काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा.प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् ।  त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् ।

कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकीकरण प्रक्रियामा पशुपतिशम्शेर जबरा र लोहनी नेतृत्वको पार्टी राप्रपा आएपछि गणतन्त्रको एजेन्डा त्यागेका हुन् ।उनका समकालीन राजनीतिज्ञ तथा पूर्वमन्त्री बुद्धिमान तामाङ गणतन्त्रमा पनि कुशासन र भ्रष्टाचार भइरहेकाले गणतन्त्रात्मक प्रणालीप्रति पनि प्रश्न उठेको बताउँछन् ।

उनले न्युज कारखानासँग भने, ‘म पनि पहिले गणतन्त्रवादी नै थिएँ तर जनतालाई प्रवाह गरिने सेवा उस्तै अनि कुशासन र भ्रष्टाचार पनि छँदैछ । यस्तो भए पछि राजतन्त्र र गणतन्त्रमा के अन्तर भयो र?’ गणतन्त्रप्रति क्रमशः जनतामा वितृष्णा पैदा हुँदा काठमाडौं र धरानलगायत शहरी क्षेत्रबाट दलभन्दा पनि स्वतन्त्र उम्मेदवार स्थानीय निर्वाचनमा निर्वाचित भएको उनको भनाइ छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.