भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

झापामा कोदोको रक्सी ब्रान्डिङ गरिँदै


  • असार २२, २०७९
  • 450 Views
झापामा कोदोको रक्सी ब्रान्डिङ गरिँदै image

झापा । झापामा कोदोको रक्सीलाई ब्रान्ड बनाउने तयारी गरिएको छ । गाउँघरमा बनाइने कोदोको रक्सीले बजार नपाएको अवस्थामा घरेलु उत्पादनलाई प्राथमिकता दिन र विदेशी रक्सीको आयात कम गर्न कोदोको रक्सीलाई ब्रान्डिङ गर्न लागिएको हो ।

कोदोको रक्सीलाई ब्रान्ड बनाउन शर्मिला आङ्देम्बेको संयोजकत्वमा २१ सदस्यीय झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । झापा जिल्लाभरिका सबै जातजातिलाई समावेश गरेर झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको हो ।

प्रवर्द्धन समितिका सदस्य शर्मिला सिंघकले कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न सके आयआर्जनको मुख्य थलो बन्ने बताइन् ।

उनले कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न झापासहित प्रदेश नं। १ का १४ वटै जिल्लामा कार्यसमिति निर्माण गरिने बताइन् ।

प्रवर्द्धन समितिका प्रदेश १ संयोजक टेकबहादुर खजुमले प्रदेश १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरी परियोजना पास गरिएको बताए । उनले उक्त परियोजना निर्माणका लागि प्रवर्द्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिक मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गामलगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।

प्रवर्द्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए । उनले भने, “स्थानीय रक्सीको कारोबार हुन थाल्यो भने ठूलो आर्थिक कारोबार नेपालमा नै हुने थियो ।

जसले गर्दा विदेशी रक्सीको आयात कम हुन्थ्यो ।” गाउँघरमा बनाइने कोदोको रक्सीले बजार नपाएको अवस्थामा यसलाई उत्पादनमा जोड्न सके आर्थिक रुपमा मात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउने उनले बताए ।

कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने बताउँदै उनले कोदो खानाका लागि उत्तम र रक्सी निर्माणका लागि उपयोगी भएको बताए । कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगली जडीबुटीहरुको पनि संरक्षण गरिनुपर्नेमा संयोजक खजुमले जोड दिए ।

कार्यक्रममा प्रवर्द्धन समितिका सदस्य शर्मिला सिंघकले प्रस्तुत गरेको कार्यपत्रमाथि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले सुझाव राख्दै कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डवलाल चौधरी, धनप्रसाद गुरुङ, अग्निमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङ लगायतले कोदोको रक्सीलाई ब्रान्ड बनाउन सके विदेशी रक्सीको खपत कम हुने बताए ।
कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.