भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

‘टक्सिक रिलेसन’मा युवाहरू


  • २०८१ फाल्गुन ३, शनिबार
  • 28 Views
‘टक्सिक रिलेसन’मा युवाहरू image

काठमाडौँ । कलेजको ‘ब्रेक’मा साथीहरूसँग खाजा खाने बेलामा सृष्टि (नाम परिवर्तन) आफू कक्षा १२ पढ्दाको समय सम्झिइन् – ‘चिट गरेको थाहा पाउँदा पनि उसलाई छोड्न मन लागेको थिएन ।’ स्नातक तहको चौथो वर्षमा अध्यनरत २२ वर्षीया सृष्टिले कुरैकुरामा आफ्नो पुरानो सम्बन्धको अनुभव सुनाइन् ।

कक्षा १० पढ्दादेखि चिनेको साथीसँग सृष्टि प्रेम सम्बन्धमा रहिन् । कक्षा १२ मा आइपुग्दा प्रेमीको अन्यसँग पनि सम्बन्धमा रहेको उनले थाह पाइन् । सुरुमा त उनलाई २–३ वर्षदेखि चिनेको मान्छेले ‘चिट’ गर्‍यो भन्ने विश्वास गर्नै गाह्रो भयो । पछि यो सबै जान्दाजान्दै पनि सृष्टिले प्रेमीलाई छोड्न सकिनन् ।

‘तिमीले चिट गर्‍यौं, ब्रेकअप दिन्छु भन्दा, रोईकराइ गरेर, सरी भन्थ्यो । अब गल्ती नगर्ने वाचा पनि गर्थ्यो तर बारम्बार गल्ती दोहोर्‍याउँथ्यो र उसैगरी सरी भन्थ्यो,’ उनले विगत सुनाइन् । सृष्टिलाई बारम्बार प्रेमीले इमोसनल्ली ‘म्यानिपुलेट’ गर्ने, माया गर्छु भन्ने गर्थ्यो ।

जुन सही नभएको बुझ्न उनलाई महिनौँ लाग्यो । यो घटनाले उनलाई मानसिक रूपमा पनि तनाव बढायो । उनी सम्झिन्छिन्, ‘उसले गरेको गलत थियो भनेर बुझ्न पनि मलाई धेरै समय लाग्यो । आफूलाई धेरै गाह्रो भएपछि मात्र उसलाई छाड्ने निर्णय लिन सकेँ ।’

त्यस्तै कक्षा १२ मा अध्ययनरत १९ वर्षीया एक किशोरी आफूलाई हैरान पार्ने प्रेमीलाई केही गरेर सुधार गर्न सकिन्छ कि भन्ने चिन्तामा छिन् । न उनी प्रेमीलाई छोड्न सक्छिन् न उसले आफूमाथि हरदम निगरानी र शङ्का गर्ने बानीलाई नै छुटाउन सक्छिन् । कान्तिपुर दैनिकबाट….


hotelghyampedanda