भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘टक्सिक रिलेसन’मा युवाहरू


  • फाल्गुन ३, २०८१
  • 197 Views
‘टक्सिक रिलेसन’मा युवाहरू image

काठमाडौँ । कलेजको ‘ब्रेक’मा साथीहरूसँग खाजा खाने बेलामा सृष्टि (नाम परिवर्तन) आफू कक्षा १२ पढ्दाको समय सम्झिइन् – ‘चिट गरेको थाहा पाउँदा पनि उसलाई छोड्न मन लागेको थिएन ।’ स्नातक तहको चौथो वर्षमा अध्यनरत २२ वर्षीया सृष्टिले कुरैकुरामा आफ्नो पुरानो सम्बन्धको अनुभव सुनाइन् ।

कक्षा १० पढ्दादेखि चिनेको साथीसँग सृष्टि प्रेम सम्बन्धमा रहिन् । कक्षा १२ मा आइपुग्दा प्रेमीको अन्यसँग पनि सम्बन्धमा रहेको उनले थाह पाइन् । सुरुमा त उनलाई २–३ वर्षदेखि चिनेको मान्छेले ‘चिट’ गर्‍यो भन्ने विश्वास गर्नै गाह्रो भयो । पछि यो सबै जान्दाजान्दै पनि सृष्टिले प्रेमीलाई छोड्न सकिनन् ।

‘तिमीले चिट गर्‍यौं, ब्रेकअप दिन्छु भन्दा, रोईकराइ गरेर, सरी भन्थ्यो । अब गल्ती नगर्ने वाचा पनि गर्थ्यो तर बारम्बार गल्ती दोहोर्‍याउँथ्यो र उसैगरी सरी भन्थ्यो,’ उनले विगत सुनाइन् । सृष्टिलाई बारम्बार प्रेमीले इमोसनल्ली ‘म्यानिपुलेट’ गर्ने, माया गर्छु भन्ने गर्थ्यो ।

जुन सही नभएको बुझ्न उनलाई महिनौँ लाग्यो । यो घटनाले उनलाई मानसिक रूपमा पनि तनाव बढायो । उनी सम्झिन्छिन्, ‘उसले गरेको गलत थियो भनेर बुझ्न पनि मलाई धेरै समय लाग्यो । आफूलाई धेरै गाह्रो भएपछि मात्र उसलाई छाड्ने निर्णय लिन सकेँ ।’

त्यस्तै कक्षा १२ मा अध्ययनरत १९ वर्षीया एक किशोरी आफूलाई हैरान पार्ने प्रेमीलाई केही गरेर सुधार गर्न सकिन्छ कि भन्ने चिन्तामा छिन् । न उनी प्रेमीलाई छोड्न सक्छिन् न उसले आफूमाथि हरदम निगरानी र शङ्का गर्ने बानीलाई नै छुटाउन सक्छिन् । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.