भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

देउवाले चढ्ने गाडी संसद्‍बाट ‘गायब’


  • आश्विन २१, २०७८
  • 644 Views
देउवाले चढ्ने गाडी संसद्‍बाट ‘गायब’ image

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन् । एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ ।

२०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसद्बाट बा २ झ ४४८ नम्बरको गाडी लिएका थिए । २ हजार ५ सय सीसीको यो गाडी खासमा निर्वाचन आयोगको नाममा दर्ता छ । २०७० माघ ९ मा यातायात कार्यालयमा दर्ता गाडी आयोगसँग मागेर संसद् सचिवालयले देउवालाई दिएको थियो । तर, देउवाले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई २०७४ फागुन ३ मा निजी नम्बर प्लेटमा बदलेर बा १९ च ५५५ को रूपमा चढ्दै आएका थिए । मर्मत खर्च संसद्ले व्यहोर्दै आएको थियो ।

प्रधानमन्त्री भएपछि देउवाले प्रतिपक्ष नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्नुपर्थ्यो, दुई महिनापछि भदौ २५ मा गाडी फिर्ता पनि गरे । तर, आश्चर्य संसद्बाट लगेको गाडीको सट्टा उनले प्रधानमन्त्री कार्यालयमा रहेको १४ वर्ष पुरानो गाडी पठाए । देउवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टोयोटाको नयाँ गाडी दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न नयाँ गाडी मात्र होइन, प्रधानमन्त्री कार्यालयका विभिन्न गाडी देउवाका लागि तैनाथ छन् ।

तर उनले संसद् सचिवालयबाट लिएको नयाँ गाडी राखेर पुरानो गाडी किन पठाए ? ‘उहाँ प्रधानमन्त्री भएपछि संसद्ले उपलब्ध गराएको गाडी फिर्ता गर्नुपर्ने थियो, तर संसद्बाट लिएको गाडी सहज लागेकाले प्रधानमन्त्रीले राख्नुभएको हो । त्यसको सट्टामा अर्को गाडी संसद् पठाएका हौं,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । उनले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको र पहिला प्रतिपक्षी नेताका रूपमा प्रयोग गर्दै आएको गाडी देउवाका लागि राखिएको र अहिले मर्मत भइरहेको बताए ।

फिर्ता गरेको १४ वर्ष पुरानो बा २ झ ४२३६ नम्बरको टोयोटा प्राडो जिप संसद् सचिवालयमा पनि छैन, कहिले र कसले लग्यो भन्ने अधिकारीहरूलाई थाहा छैन, कतै अभिलेख पनि छैन । खासमा प्रधानमन्त्री कार्यालयले पठाएर फिर्ता गरेको भने पनि अभिलेखमा त्यस्तो देखिँदैन । ‘हामीले उहाँलाई गाडी उपलब्ध गराएको रेकर्डमा देखिन्छ । संसद्बाट लगेको गाडीको सट्टामा अर्को गाडी फिर्ता गरेको भनिएको छ । तर, सवारी शाखाको रेकर्डमा देखिँदैन । फिर्ता भएको हो भने त्यो गाडी कहाँ कसले लग्यो भन्ने खुल्न सकेन,’ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

प्रधानमन्त्री कार्यालयले भने सचिवालयमा गाडी बुझाएको भर्पाइसमेत राखेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त सादा कागजमा भनिएको छ, ‘बा २ झ ४२३६ नम्बरको प्राडो जिप थान एक बुझिलियौं ।’ भदौ २५ गते २ बजेर ४५ मिनेटमा गाडी बुझिलिएको भनेर कागजमा संघीय संसद्को छाप लगाइएको छ । प्रवक्ता पाण्डे भन्छन्, ‘तर, त्यसको विवरण संसद्को सवारी शाखामा छैन । गाडी आएको र गएको कुनै विवरण छैन, यो छानबिनको विषय हो ।’

आजको कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.