भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आजदेखि यात्रुवाहक साधनलाई रुट परमिट नचाहिने


  • आश्विन २१, २०७८
  • 449 Views
आजदेखि यात्रुवाहक साधनलाई रुट परमिट नचाहिने image

काठमाडाैं । सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसले घन्टौँ जाममा पर्ने र गन्तव्यमा ढिलो पुग्ने समस्यालाई समाधान गर्ने विभागको ठहर छ ।

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले यस विषयमा विभागले कुनै छलफल नगरेको र निर्णयको जानकारीसमेत नदिएको बताए ।

‘अहिलेदेखि नै ठूला सवारीसाधन रोक्दा निर्माण आयोजना र भवन निर्माणलगायतका काममा असर पुग्छ’ उनले भने । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई बिहीबार (आज)देखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । यसको अर्थ यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ ।

आजको नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.