भर्खरै : Sorry, your browser does not support inline SVG.
झापा राजस्व कार्यालयले उठायो चार अर्ब ९३ करोड बढी राजस्व | ग्यासमा कालोबजारीको आशंका, सादा पोशाकका प्रहरी परिचालन | सात महिनामा सक्नुपर्ने दुई किमी सडक दुई वर्षमा पनि बनेन, ठेकेदारको ढिलासुस्ती | देशभर मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | होर्मुज जलडमरूमध्य खोल्न इरान–ओमान सहमति नजिक, तेहरानले राख्यो अमेरिकासामु कडा शर्त | पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

देउवा दम्पत्ती मेला बजार डुल्दै


  • मंसिर २, २०८१
  • 284 Views
देउवा दम्पत्ती मेला बजार डुल्दै image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा डडेल्धुराको देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन्।

शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको थियो। उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ।

राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो।

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए। उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.