भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार


  • आश्विन ८, २०७७
  • 685 Views
नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार image

काठमाडौं । महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका छन् । सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन । निजी अस्पतालमा पनि न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ । सामान्य अवस्थामा आठ घन्टासम्म ड्युटीमा खटिने नर्स महामारीको यो वेला १२ घन्टा खटिएका छन् । तर, रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन । यसै पनि श्रम शोषणमा परेका नर्सहरूमाथि अहिले महामारीका वेला थप अन्याय भएको छ ।

महामारीबीच पनि विराटनगरस्थित नोबल मेडिकल कलेजका स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका थिए । बिरामीको सेवा गर्दागर्दै नर्स ज्योति पोखरेल संक्रमित भइन् । ‘अस्पतालमा काम गर्दागर्दै संक्रमित भएँ, आफूले नै काम गर्ने अस्पतालमा बस्छु भनेँ । तर, तिमीलाई राख्न सकिँदैन भनेर जवाफ आयो, आफ्नै अस्पतालले यस्तो व्यवहार गर्‍यो,’ पोखरेल नरमाइलो मान्छिन् । वीरगन्जका ओम अस्पताल र सीता अस्पतालमा दोहोर सेवा गर्छिन् सरिता परियार ।

बिरामीको सेवा गर्दागर्दै उनी पनि कोभिड संक्रमित भइन् । २३ साउनमा उनलाई संक्रमण पुष्टि भयो । संक्रमणमुक्त भएर अहिले उनी आफ्नो नियमित काममा फर्किएकी छिन्, तर उनी खुसी हुन सकेकी छैनन् । किनकि उनलाई संक्रमित भएर आइसोलेसन बसेको समयको तलब कटौती हुँदै छ । ‘यस्तो महामारीका वेला खटिएको भनेर भत्ता आउँछ भनेर सरकारले प्रचार गरेको छ, यता उपचार गर्दा आफैँ संक्रमित भएर आइसोलेसनमा बस्दाको समेत तलब काटिने अवस्था छ,’ उनले गुनासो पोखिन्, ‘घन्टाको हिसाबले तलब दिन्छन् ।

ड्युटी ग¥यो भने पाइन्छ, नभए पाइँदैन । पढाइमा यति धेरै लगानी भयो, उनीहरूले जे भन्छन्, त्यही मानेर काम गर्नुको विकल्प छैन ।’ आयुष्मा अधिकारी राष्ट्रिय मिर्गौला केन्द्रमा काम गर्छिन् । बिरामीको सेवाका खटिने यहाँका नर्सलाई पिपिई र मास्कसमेत दिइएको छैन । ‘लामो ड्युटीमा खाना, खाजा त आफ्नै पैसाले खानुपर्छ । त्यति मात्र होइन, अहिलेसम्म हामीलाई मास्क, पन्जा, पिपिई दिइएको छैन,’ अधिकारी भन्छिन् । नयाँ पत्रिकाबाट ……

 


Thali Mobile Pvt.Ltd.