भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पर्वतको सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध


  • आश्विन ७, २०७७
  • 334 Views
पर्वतको सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध image

कुश्मा । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ। पर्वतको कुस्मा नगरपालिका- १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखिनै सडक अवरुद्ध बनेको हो।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ। मंगलबार साँझदेखि यस क्षेत्रमा ठुलो वर्षा भइरहेको छ। वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए। बाटो सुचारु गर्नका लागि स्काभेटर बोलाइएको वर्षा रोकिएमा दिउँसो सम्ममा सुचारु हुने उनले जानकारी दिए।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु रातिदेखिनै मालढुंगामा अलपत्र बनेका छन्। अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ। अन्नपूर्ण पाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.