भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

न्यायपालिकाको अनियमितता रोक्न गठित समितिको काम सुस्त


  • पुष ५, २०७७
  • 743 Views
न्यायपालिकाको अनियमितता रोक्न गठित समितिको काम सुस्त image

काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितताबारे छानबिन गर्न बनाएको समितिले अझै काम सुरु नगरेको पाइएको छ । कोरोना भाइरस महामारी र त्यसले सर्वोच्च अदालतका न्यायाधीशहरूसमेत प्रभावित भएपछि छानबिन समितिले निर्धारित समयमा काम पूरा गर्न नसकेको जनाइएको छ ।

तीन महिनाको समयसीमा दिएर बनाइएको सो समितिले राय सुझाव संकलन कार्य सुरु गर्न लागेको छ । ३० साउनमा गठन भएको सो समितिले तीन महिनाको अवधिमा कुनै ठोस काम गर्न सकेन । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा न्यायपरिषद्, सरकारी वकिल, नेपाल बार एसोसिएसनसमेतको प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको थियो ।

उनीहरूलाई तयार भएका यस्तै प्रतिवेदनसमेत अध्ययन गरी सुझाव दिनुपर्ने कार्यादेश छ । निर्णयमा भनिएको छ, ‘त्यस्ता क्रियाकलाप रोक्न कानुनी, संरचनागतलगायतका उपयुक्त र प्रभावकारी उपायसहितको प्रतिवेदन तीन महिनाभित्र पेस गर्नुपर्ने ।’ तर सो समितिले तीन महिना पूरा हुँदासम्म काम अगाडि बढाउन सकेको छैन ।

कार्की समितिलाई अनियमितता र भ्रष्टाचारसम्बन्धी क्रियाकलाप अध्ययन गरी त्यस्तो पाइए रोकथामका उपायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । यसअघि विकृति, विसंगति र बेथितिजस्ता शब्द प्रयोग गरेर समिति गठन हुने गरेकामा यसपटक सोझै अनियमितता र भ्रष्टाचार शब्द प्रयोग गरी त्यसबारे अध्ययन गर्न समिति गठन भएको हो । राजधानीबाट…

 


Thali Mobile Pvt.Ltd.