भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पर्यटक आगमन कोभिडअघिकै अवस्थामा


  • कार्तिक १६, २०८०
  • 243 Views
पर्यटक आगमन कोभिडअघिकै अवस्थामा image

काठमाडौं । एक महिनामै आए एक लाख १७ हजार पर्यटक, १० महिनामा पर्यटकको संख्या आठ लाख नाघ्यो । अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् । कोभिड सुरु हुनुअघि सन् २०१९ को अक्टोबरसँग तुलना गर्दा यो महिना ३ प्रतिशत बढी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

२०१९ अक्टोबरमा हवाई यात्रा गरी एक लाख १३ हजार ८१६ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । कोभिडपछि करिब शून्यमा झरेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किन थालेपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । अक्टोबरमा भित्रिएका पर्यटकको सूचीमा विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली ९एनआरएन०को संख्या पनि उच्च छ । असोज अन्तिम साता आयोजित एनआरएन सम्मेलन र दसैँ मनाउन ठूलो संख्यामा एनआरएन नेपाल आएका थिए । विदेशी नागरिकता लिइसकेका एनआरएन पनि नेपाल आउँदा पर्यटकमै गनिन्छन् ।

अक्टोबर हिमाल आरोहण र ट्रेकिङको पनि सिजन भएकाले धेरै पर्यटक आउने गर्छन् । शरदकालीन सिजनमा ४९ वटा हिमाल आरोहण गर्न नेपालबाहेक ७१ देशका ११ सय ४१ जना नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । अहिले काठमाडौं, पोखरा, लुम्बिनी, अन्नपूर्ण सर्किटदेखि हिमालका बेसक्याम्प पर्यटकले भरिभराउ छन् । पर्यटन बोर्डका अनुसार सन् २०२२ को अक्टोबरमा ८८ हजार पाँच सय ८२ जना विदेशी नेपाल भ्रमणमा आएका थिए । कोभिड फैलिन कम हुँदै गएपछि २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन बढ्न थालेको थियो । त्यसअघि २०२१ अक्टोबरमा २३ हजार ३३८ र २०२० अक्टोबरमा दुई हजार २५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

१० महिनामा आठ लाख पर्यटक

यस वर्षको १० महिना ९जनवरी–अक्टोबर०सम्म आठ लाख नौ हजार ६७८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जब कि, सन् २०२२ भरीमा ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो वर्ष पर्यटकको संख्या करिब १० लाख पुग्ने अनुमान गरिएको छ । नेपाली पर्यटनको इतिहासमा सबैभन्दा धेरै पर्यटक २०१९ मा करिब १२ लाख भित्रिएका थिए । सन् २०१९ को यसै अवधि ९१० महिना०मा नौ लाख ४५ हजार सात सय ४३ जना पर्यटक आएका थिए । हवाईजहाज चढेर सन् २०२३ को पहिलो महिना जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार, मार्चमा ९९ हजार, अप्रिलमा ९९ हजार, मेमा ७८ हजार, जुनमा ७२ हजार, जुलाईमा ५८ हजार, अगस्टमा ६७ हजार, सेप्टेम्बरमा ९१ हजार र अक्टोबरमा एक लाख १७ हजार पर्यटक भित्रिएका छन् । नेपालमा छिमेकी मुलुक भारत र चीनका बोर्डरबाट गाडी चढेर पनि पर्यटक भित्रिने गरेका छन् ।

धेरै पर्यटक आउने १० देश
अक्टोबर महिनामा पनि सबैभन्दा बढी पर्यटक भारतीय १८ हजार चार सय ८० जना आएका छन् । तर, भारतीयहरूको यो संख्या अघिल्ला महिनाको तुलनामा भने कम हो । यस्तै, एक महिनामा १४ हजार आठ सय ७९ जना पर्यटक भित्रिएर अमेरिका दोस्रो ठूलो स्रोत मुलुक बनेको छ । युनाइटेड किङडम (युके) बाट आठ हजार दुई सय १७, चीनबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय १६, फ्रान्सबाट पाँच हजार दुई सय ७१, बंगलादेशबाट चार हजार दुई सय ९२, श्रीलंकाबाट दुई हजार पाँच सय सात, इटालीबाट दुई हजार दुई सय ७१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अक्टोबरमा चीनबाट आउने पर्यटकको संख्या खासै बढेको देखिएन । चीनलाई अमेरिका र युकेले पछाडि पारेका छन् । कोभिडअघि भारतीयपछि सबैभन्दा धेरै पर्यटक भित्रिनेमा चिनियाँ हुने गथ्र्यो । कोभिडपछि चिनियाँ पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न सकेको छैन । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.