भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


  • श्रावण ११, २०८०
  • 271 Views
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध image

काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत निसीखोला(रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।

लोकमार्गको निसीखोला गाउँपालिका(४ र ५ को सिमाना धरमशाला तथा कालापैरा(२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। गए रातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला(४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताए।

वर्षा हुनेबित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए। सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौं, पोखरा लगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन्। बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए।

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ। खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ। गाडी ठप्प छन्। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन्। ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्‍याएको छ। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.