DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’


  • पुष १३, २०७९
  • 176 Views
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’ image

काठमाडौं । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन् ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन । विमानस्थलभित्रका ¥याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पु¥याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथु्रक्कै भिज्नुपर्ने बाध्यता थियो ।

सम्बन्धित वायुसेवा कम्पनीलाई विमान अवतरण क्रममा र उडानका बेला हतारमा यात्रुलाई विमान चढाउन भ¥याङ दौडाएर लैजानुपर्ने झन्झटिलो समस्यासमेत अन्त्य भएको छ । ‘एरोब्रिज’ राखिएको विमानस्थलबाट यात्रा गर्ने यात्रुले पहिलेजस्तो बसबाट या पैदलै विमान चढ्नुपर्नेछैन । अब पोखरा विमानस्थलका यात्रुले सबै अध्यागमन चेकजाँच सकिएपछि टर्मिनल कक्षबाट सोझै ‘एरोब्रिज’ हुँदै विमानभित्र छिर्न पाउनेछन्।

यो व्यवस्था नेपालको विमानस्थलका लागि सबैभन्दा पहिलो र नयाँ हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हालसम्म सञ्चालित नेपालका विभिन्न विमानस्थलमध्ये पहिलोपटक अन्तर्राष्ट्रिय उडानका यात्रुले ‘एरोब्रिज’ प्रयोग गर्न पाउने पहिलो भएको छ । यो विमानस्थलमा चार अत्याधुनिक ‘एरोब्रिज’ राखिएका छन्।

विमानस्थल अध्यागमन चेकजाँच बोर्डिङ पासलगायत सबै प्रक्रिया पूरा गरी विमान चढ्न र झरेर अध्यागमनमा सोझै पुग्न सक्नेगरी ‘एरोब्रिज’ व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका हवाई यात्रुलाई उपलब्ध गराइएको ‘एरोब्रिज’ व्यवस्थासँगै अब विमान चढाउन र झार्न सम्बन्धित वायुसेवा कम्पनीलाई एवं विमानस्थल व्यवस्थापनलाई विगतका दिनजस्तो दौडाएर भ¥याङ लैजानुपर्ने अवस्थासमेत रहनेछैन ।

अहिलेसम्मको तयारीअनुसार आगामी १ जनवरीबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा नियमित व्यावसायिक उडान उद्घाटन हुँदै छ । औपचारिक रूपमा व्यावसायिक उडान सञ्चालनमा आएपछि भने सबै आन्तरिक उडान यही नयाँ विमानस्थलबाट हुनेछ । यो विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ कार्य भने राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले नै गर्नेछ ।

प्राधिकरणले नियमित व्यावसायिक उडान भरेर यो विमानस्थल सञ्चालनमा ल्याउने भएपछि अहिले उडान अनुमति पाएका वायुसेवा कम्पनीले १ जनवरी २०२३ देखि नै पोखरा नयाँ विमानस्थलबाट मात्र उडान हुने भन्दै आफ्ना यात्रुलाई सूचित गरेका छन्् । जसका लागि निजी वायुसेवा कम्पनी बुद्ध, यति र श्रीएयरलाइन्सले आफ्ना यात्रुलाई सूचित गरेका छन् ।

आगामी १ जनवरी बिहान सबै वायुसेवा कम्पनीले निर्धारित उडान समयभन्दा २ घण्टाअघि नै यस विमानस्थल आइपुग्न यात्रुलाई आग्रह गरेका छन्् । नयाँ विमानस्थल भएका कारण सुरक्षाका सबै प्रक्रिया पार गर्दा समय लाग्ने र विमानस्थलमा अभ्यस्त नभएसम्मका लागि यस्तो आह्वान गरिएको सम्बन्धित वायुसेवा कम्पनीले जनाएका छन् ।

उनीहरूका अनुसार यो नयाँ विमानस्थलमा सञ्चालनको केही दिन हवाई यात्रुको लगेज संकलन गरी विमानसम्म लैजानसमेत केही समय बढी लाग्ने देखिएका कारण आफ्ना यात्रुलाई २ घण्टाअघि नै विमानस्थल प्रवेश गर्न भनेका हुन् ।नयाँ विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौंपछि पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले समेत ¥याम्प बस चढ्नुपर्ने भएको छ ।

विमानस्थलको टर्मिनल भवन दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ । तर, विमान पार्किङ भने टर्मिनल भवन बायाँ साइडमा रहनेछन्् । जसका कारण पैदल हिँड्न लामो समय लाग्छ । सोही कारण आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीले यहाँ ¥याम्प बस चलाउनुपर्ने भएको छ । यात्रुलाई आन्तरिक प्रस्थान कक्षबाट विमानस्थलसम्म लैजाँदा बीचमा अन्तर्राष्ट्रिय उडानतर्फको क्षेत्र पर्छ । सोही कारण यात्रुलाई बसमा लैजानुपर्ने विमानस्थल व्यवस्थापनले जनाएको छ ।

अहिलेसम्म काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ¥याम्प तथा सटल बस व्यवस्था रहेको छ । भैरहवामा पुरानै टर्मिनल भवनबाट आन्तरिक उडान गरिएका कारण त्यहाँका हवाई यात्रुले प्रस्थान कक्षबाट सिधैं विमान चढ्न सक्छन्। यसैगरी, प्राधिकरणले पोखराबाट जोमसोमका लागि हुने उडान, अल्ट्रालाइट र हेलिकोप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुने बताएको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.