भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्राणवायुलाई प्राण धान्न धौधौ


  • आश्विन ६, २०७७
  • 540 Views
प्राणवायुलाई प्राण धान्न धौधौ image

काठमाडौ । अहिले कोरोनाका कारण धेरै व्यवसाय उद्योग बन्द भए पनि स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगहरु मालामाल भएको धेरैले अनुमान गर्छन् । त्यति मात्र हैन कोरोना संक्रमणका बिरामी थपिएका बेला मानव जीवन रक्षाका लागि आवश्यक प्राणवायु अक्सिजन उत्पादन गर्ने उद्योगले त उत्पादन गरेर भ्याएका छैनन् होला भन्ने हामी धेरैलाई लाग्न सक्छ । तर विडम्बना अवस्था उल्टो छ । अहिले कोरोनाका कारण अरु रोगका बिरामी अस्पताल नजाँदा बजारमा अक्सिजनको माग निकै कम छ जसले गर्दा केही उद्योग बन्द भए केही जेनतेन चलेका छन् ।

तर खुशीको कुरा तीन करोड नेपालीलाई अवश्यक भए पनि भ्याउने गरी आफूहरु ग्यास उत्पादन गर्न सक्षम रहेको अक्सिजन ग्यास उद्योगीको भनाइ छ । नेपालमा २० वटाभन्दा धेरै अक्सिजन उद्योग छन् । जाडो मौसम सुरु हुँदैछ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । अब नेपालमा एकैपटक हजारौको संख्यामा कोरोना संक्रमित तथा अन्य रोगका बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपरेमा त्यसको उपलब्धता छ कि छैन भनेर हामीले अक्सिजन उद्योगीसँग सम्पर्क गरेका छौँ । कोभिडको कारण आफ्नो अवस्था दयनीय भएको भन्दै उद्योगीहरुले सरकारले सहयोगको माग गरेका छन् । सरकारले सहयोग गरेमा तीन करोड नेपालीलाई आवश्यक परे पनि आफूहरु अक्सिजन उत्पादन गर्न सक्ने उद्योगीहरु बताउँछन् ।

कोरोनाले सबै नेपालीलाई अक्सिजन लगाउनुपर्ने अवस्था आयो भने पनि नेपालका अक्सिजन उद्योगले भनेको अक्सिजन उत्पादन गर्न सक्छन् । उनीहरुले पर्याप्त क्षमतामा उद्योग सञ्चालन गर्न पाए भने पाँच करोडलाई दैनिक आवश्यक रहेको अक्सिजन उत्पादन गर्न सकिने उद्योगीहरुको दाबी छ । तर सरकारी संयन्त्रवाट अत्यावश्यक वस्तुमा पर्ने अक्सिजन उद्योग कसरी सञ्चालन भैरहेका छन् भन्ने बारेमा जानकारीसमेत नलिएको उद्योगीहरुको गुनासो छ । काठमाडौंँ उपत्यकामा रहेका ११ वटा अक्सिजन उद्योगले दैनिक चार हजार ८०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने नेपालकै ठूलो अक्सिजन उद्योग सगरमाथा अक्सिजनका सञ्चालक एंव नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायण तिमल्सिना बताउनुहुन्छ ।

सहज रुपमा विद्युतको आपूर्ति भएमा नेपालमा पुग्ने अक्सिजन ग्यास नेपालमै उत्पादन गर्न सक्ने तिमल्सिनाले बताउनुभयो । तर अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग भने कोभिडका कारणले घरासयी बनेको उहाँको गुनासो छ । अस्पतालमा कोभिडबाहेक थप उपचार भएका छैनन्, माग असाध्यै कम भएसँगै काठमाडौंमै सञ्चालनमा रहेका तीनओटा अक्सिजन ग्यास उद्योग बन्द भैसके अरु पनि बन्द हुने अवस्थामा पुगेको तिमल्सिनाले बताउनुभयो । अघिल्लो बर्ष यही समयमा सगरमाथा अक्सिजन ग्यास उद्योगले दैनिक ८ सय सिलिण्डर ग्यास बिक्री गर्ने गरेकोमा त्यो संख्या अहिले मुस्किलले तीन सयसम्म बिक्री हुने गरेको तिमल्सिना बताउनुहुन्छ । ठूला अक्सिजन ग्यास उद्योगले करोडौ रुपिया लगानी गरेका छन् ।

अधिकांशको ऋणमा उद्योग सञ्चालनमा आएको छ तर अत्यावश्यक सेवामा पर्ने यस उद्योगमा परेको समस्याका बारेमा सरकारले ध्यान नदिएको उद्योगीहरुको गुनासो छ । १२ वर्षदेखि अक्सिजन ग्यासको डिपो तथा उद्योगमा लगानी गरेका इन्द्र श्रेष्ठ सरकारी निकायबाट द्योगीहरुलाई खासै चासो हुन नसकेको बताउनुहुन्छ । तर तीन करोड नेपालीलाई एकैपटक अक्सिजन दिने अवस्था आयो भने पनि नेपालका उद्योगहरुले अक्सिजन उत्पादन गर्न सक्ने श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँमा मात्रै नभएर नेपालका ठूला सहरहरुमा करिब २० वटाभन्दा धेरै ठूला साना अक्सिजन ग्यास उद्योग सञ्चालनमा छन् ।

‘सबै उद्योगीहरुको अवस्था नाजूक भैसक्यो’ महासचिव तिमल्सिना भन्नुहुन्छ । सरकारले लामो समयका लागि ऋणको व्यवस्था, सहज एवं सस्तो मूल्यमा बिजुलीको व्यवस्था गरेमा सहज रुपमा अक्सिजन उत्पादन गर्न सक्ने उहाँले बताउनुभयो । सरकारले अत्यावश्यक वस्तुमा पर्ने अक्सिजन उद्योगहरुको बारेमा केही पनि नसोचेको बताउँदै उहाँले यसका बारेमा सरकारले केही सोच्ने बेला आएको बताउनुहुन्छ । नेपालमा अस्पतालमा बिरामीलाई, ठूला हाइड्रोपावर कम्पनीमा, कवाडीहरुले फलाम काट्न तथा ठूला कारखानाले प्रयोग गर्ने गरेका छन् । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.