भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल


  • असार ५, २०७९
  • 397 Views
प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल image

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् ।

अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै मिस नेपाल प्रियंकाले अबको मिस वल्र्डमा नेपाललाई चिनाउँदै उपाधि चुम्नु नै आफ्नो पहिलो लक्ष्य रहने बताएकी छन् । बिगत दुई वर्ष कोभिडका कारण भौतिक दूरी कायम गर्दै मिस नेपाल वल्र्डको चयन गरिएको थियो । यसपटक कोरोनाको कहर कम भएपछि मिस नेपालको चयन विशेष कार्यक्रमबीच गरिएको हो ।

प्रतियोगितामा मिस नेपाल अर्थ २०२२ को उपाधि सरिशा श्रेष्ठले हासिल गरिन् । यस्तै, मिस नेपाल इन्टरनेसनल २०२२ को उपाधि न्यान्सी खड्काले प्राप्त गरिन् । विगतमा काठमाडौंमा आयोजना हुँदै आएको मिस नेपालको ग्रान्ड फिनाले कार्यक्रम यसपटक ललितपुरको गोदावरीस्थित ठूलो हलमा आयोजना गर्दा हल भर्न आयोजक पक्षलाई हम्मेहम्मे परेको थियो । कार्यक्रम हेर्नका लागि प्रवेश टिकट ५ हजारसम्म राखिएकोमा कार्यक्रमस्थल टाढा भएकै कारण सुरुमा टिकट बिक्री भएन । त्यसपछि आयोजक संस्था हिडन ट्रेजरले टिकटको मूल्य २५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा झार्नुपरेको थियो । तथापि, आशातीत दर्शक भएनन् । विभिन्न क्षेत्रका ११ जना निर्णायक रहेको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा अन्य ९ वटा सवटाइटलको पनि विजेता घोषणा गरियो ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.