DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बालुवाटारमा ओली–दाहाल किन भयो चर्काचर्की


  • कार्तिक २१, २०७७
  • 596 Views
बालुवाटारमा ओली–दाहाल किन भयो चर्काचर्की image

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग परामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए ।

त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।’ ओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने बताएका थिए ।

बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक कदम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए । ‘प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए । कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.