भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिरानो भो विद्यालय


  • कार्तिक १८, २०७७
  • 471 Views
बिरानो भो विद्यालय image

चितवन । पहाडी भेगहरूमा विद्यालय उमेरसमूहका बालबालिका हिजोआज डाँडा कन्दरामा भेटिन्छन्। घरको काममा उनीहरूको व्यस्तता बढेको छ। विद्यालय जान नपाएपछि बालबालिकालाई घाँस दाउरा गर्न भ्याइनभ्याइ छ। कोभिड संक्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द छ। पढाइ नभएपछि घरको काम गर्नु उनीहरूको दैनिकी बनेको छ। उनीहरू घरको काममा बाबुआमालाई सघाउँछन्। कोही घाँसदाउरा गर्छन्, कोही बस्तुभाउ चराउँन जान्छन्।

देउजरका मात्रिका चेपाङले विद्यालय जान नपाएकोमा दुःखेसो पोखे। ‘स्कुल जान पाएको छैन घरमै काम गरेर बस्छ’, उनले भने, ‘स्कुल जान पाए त केही सिकिन्थ्यो होला, घरमै त्यसै बस्नु परेको छ।’ मात्रिका पूर्वी चितवनमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रको छात्रावासमा बसेर पढ्थे। कोभिड संक्रमणले छात्रावास र विद्यालय बन्द छ। उनको घर कालिका नगरपालिका वडा नम्बर १० स्थित पहाडी क्षेत्र देउजरमा छ। निजी विद्यालयमा भर्चुअल माध्यमको पढाइ भए पनि उनीजस्ता पहाडी भेगका विद्यार्थी त्यसको पहुँचबाट टाढा छन्।

अहिले गाईबस्तु चराउनु र घरको बाँकी काम गरेर उनीहरूको दैनिकी बित्ने गरेको छ। पढाइ नभएपछि घरायसी काममा बालबालिका व्यस्त हुन थालेका छन्। इच्छाकामना गाउँपालिका—१ जाईथलीकी १२ वर्षीय गंगा चेपाङलाई विद्यालय जान रहर छ। उनी कक्षा छ मा पढ्छिन्। पढाइ नभएपछि घरको काम गरेर उनी बसिरहेकी छिन्, गंगाले भनिन । नियमित पढाइ नभएपछि विद्यार्थीले पढाइ बिर्सन थालेका छन्। काम चलाउ शिक्षाको भरमा छन् विद्यार्थी।

कतिपय शिक्षकहरू टोलटोलमा पुगेर विद्यार्थीलाई सिकाउँछन्। यस्तो माध्यम खासै प्रभावकारी छैन। भरतपुर महानगर— २९ स्थित राष्ट्रिय आधारभूत विद्यालय कुसुमटारका प्रधानाध्यापक दीपकराज सापकोटा आफूले एउटै स्थानमा भेला गराएर सिकाउने गरेको बताए। ‘छुट्टाछुट्टै टोलमा पुगेर एकै ठाँउमा राखेर पढाउँदै आएका छौ’, सापकोटाले भने । शिक्षकहरूले पहिले घरदैलो गर्थे। असोज पहिलो साताबाट सिकाइ केन्द्र स्थापना गरेर पढाउने गरिएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.