DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी


  • श्रावण ५, २०८०
  • 164 Views
बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी image

बैतडी । बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी परेका हुन्।

बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्। सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्हरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.