भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बोक्सीको आरोप लगाएर आफ्नै आमाको घाँटी थिचेर हत्या


  • कार्तिक १६, २०७७
  • 629 Views
बोक्सीको आरोप लगाएर आफ्नै आमाको घाँटी थिचेर हत्या image

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहको घाँटी थिचि हत्या गरेका थिए ।

छोराले घाँटी थिचेर घाईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माले घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानीयले भने आफ्नै छोरीले आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएका छन् । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ ।नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.