भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बेलायतमा फेरी एक महिने लकडाउन घोषणा


  • कार्तिक १६, २०७७
  • 546 Views
बेलायतमा फेरी एक महिने लकडाउन घोषणा image

लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले नोभेम्बर ५ गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सम्बोधनगर्दै कोरोनाको बढ्दो संक्रमण दर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन गर्नु परेको बताए ।

कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेलायतमा अहिले दैनिक २० हजारभन्दा बढी नयाँ संक्रमितहरु थपिदै गएको अवस्थामा बेलायती सरकारले इङ्ल्याण्डमा दोस्रो लकडाउनको घोषणा गरेको हो । यसअघि मार्च २३ देखि जुलाई ४ सम्म पहिलो लकडाउन गरिएको थियो । स्वास्थ्य विज्ञहरुले यही गतिमा संक्रमण दर बढ्दै गएमा पहिलो लहरभन्दा स्थिति भयावहहुने र ८० हजारभन्दाको बढी मृत्यु हुनसक्ने चेतावनीदिदै आएका छन् ।

प्रधानमन्त्री जोन्सनले अनावश्यक काममा बाहिर ननिस्कन र घरमै बसेर मानिसको ज्यान जोगाउनआग्रह गर्नु भएको छ । लकडाउन लागु भएसँगै इङल्याण्डमापव,रेष्टुरेष्ट,जीम,सैलुन,मनोरञ्जनका क्षेत्र र अत्यावसकीय सेवा बाहेकका अन्य सबै पसलहरु बन्द हुने छन् तर टेक अवे र डेलिभरी सेवाखुला रहनेछन । यद्धपि अघिल्लो लकडाउनमा बन्दभएका विद्यालय,क्याम्पस, विश्वविद्यालय भने यस पटक खुला हुनेछन । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.