DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतीय स्वार्थका कारण कोरोनाविरुद्धको लडाइँमा सार्कको भूमिका छायामा


  • भाद्र २०, २०७७
  • 540 Views
भारतीय स्वार्थका कारण कोरोनाविरुद्धको लडाइँमा सार्कको भूमिका छायामा image

काठमाडौं । दक्षिण एसियामा कोरोना महामारीको प्रभाव बिस्तारै बढ्दै गर्दा गत मार्च १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा प्रस्ताव ल्याए । कोरोनाविरुद्धको लडाइँमा सार्क सदस्य मुलुक एक भएर लड्ने भनी आएको मोदी प्रस्तावमा सबै सदस्य राष्ट्रले समर्थन पनि जनाए । कोरोना प्रकोप फैलिसकेकाले भौतिक उपस्थितिमा बैठक गर्नु सुरक्षित थिएन ।

भेटेर रणनीति तय गर्न समय पनि पर्याप्त थिएन । त्यसैले मोदीको प्रस्ताव आएलगत्तै मार्च १५ मा प्रविधिको प्रयोगमार्फत सार्कका सरकार प्रमुखबीच भर्चुअल बैठक आयोजना भयो । भारतीय प्रधानमन्त्री मोदीले नेतृत्व गरेको उक्त बैठकमा सात सदस्य मुलुकका सरकारप्रमुख तथा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारले भाग लिएका थिए । उक्त बैठकले कोरोनाविरुद्धको लडाइँका लागि सार्कस्तरीय आपत्कालीन कोष स्थापनाको निर्णय पनि गरेको थियो ।

उक्त कोषमा भारतीय प्रधानमन्त्री मोदीले एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । नेपालले १० करोड नेपाली रूपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । अन्य मुलुकले पनि आफ्नो हैसियतअनुसार सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । छलफलमा कोरोनाविरुद्ध संयुक्त लडाइँ प्रभावकारी बनाउन सार्क विपद् व्यवस्थापन केन्द्रलाई सक्रिय बनाउने, उच्चस्तरीय तथा विशेषज्ञतहमा नियमित भर्चुअल छलफल गर्नेलगायतका सहमति भएका थिए । सुरुका केही दिन उच्चस्तरीय भर्चुअल बैठकहरू आयोजना भए तर कोरोना महामारीको प्रभाव भयावह हुँदै जाँदा पूर्वसहमतिअनुसारका गतिविधि अघि बढ्न सकेनन् ।

सार्क विपद् व्यवस्थापन केन्द्रलाई सक्रिय बनाउने प्रस्ताव पनि कार्यान्वयनमा आउन सकेको छैन । सदस्य राष्ट्रका सरकार प्रमुखहरू नै सक्रिय भएर सुरु गरिएको महामारीविरुद्धको लडाइँ प्रभावकारी हुने अपेक्षा भइरहेका बेला सार्क अहिले पुनः गतिहीन अवस्थामा पुगेको छ । महामारीको प्रभाव बढ्दै जाँदा र यस क्षेत्रमा कोरोनाका कारण दसौं लाख संक्रमित र दसौ हजारले ज्यान गुमाउँदा सार्कस्तरीय संयन्त्रको भूमिका प्रभावकारी हुन सकेको छैन ।

सदस्य राष्ट्रका आआफ्ना स्वार्थ, सीमा विवादले बढेको तिक्तताजस्ता कारणले कोरोनाविरुद्धको साझा लडाइँमा सार्कको भूमिका छायामा परिरहेको छ । विषम परिस्थितिसँग जुध्नुपर्ने अवस्थामा पनि भारतले आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेका कारण सार्कका माध्यमबाट गर्न खोजिएको कोरोनाविरुद्धको साझा लडाइँ प्रभावकारी हुन नसकेको विदेशमामिलाका जानकारहरू बताउँछन् ।नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.