भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनसुनी वायुको प्रभाव : हावाहुरीसहित भारी वर्षा


  • असार ३१, २०८०
  • 423 Views
मनसुनी वायुको प्रभाव : हावाहुरीसहित भारी वर्षा image

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहेको छ। मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

राती सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। हावा(हुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सोमबार सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र देशका बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.