भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

माडीमा भैंसी चराउन जंगल गएका वृद्ध मृत फेला


  • भाद्र २६, २०७९
  • 360 Views
माडीमा भैंसी चराउन जंगल गएका वृद्ध मृत फेला image

चितवन । भैंसी चराउन जंगल गएका माडीका एक वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका(२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी शनिबार २५ वर्षका छोरा होमबहादुरसँगै घरदेखि उत्तरको अमेलिया मध्यवर्ती सामुदायिक वनमा भैंसी चराउन गएका थिए ।

साँझ होमनाथ जंगलबाट भैंसी लिएर घर फर्के तर बुबा सूर्यनाथ आएका थिएनन् । खोज्न गएका गाउँले र आफन्तले सूर्यनाथको टोपी, चप्पल र छाता फेला पारेका थिए । बाटोमा रगतको टाटो पनि देखेपछि जंगली जनावरले आक्रमण गरेको हुन सक्ने भन्दै स्थानीयले खोजी गर्न प्रहरीमा निवेदन दिएका थिए ।

खोजतलासको क्रममा जंगलमा आइतबार बिहान साढे ८ बजे सूर्यनाथको शव फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको हुनसक्ने डिएसपी पण्डितले बताएका छन् । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.