भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने


  • कार्तिक २४, २०८०
  • 246 Views
मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने image

काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।

इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले कुनै कार्यक्रम वा सरकारी कामको सिलसिलामा काठमाडौँ उपत्यकाबाहेकका अन्य जिल्ला भ्रमण गर्नुपर्ने भएमा सोही कार्यक्रमबाट सवारीसाधन र इन्धनको व्यवस्था गर्नुपर्ने छ । त्यसरी इन्धन उपलब्ध हुन नसक्ने अवस्थामा भ्रमण आदेश स्वीकृत गर्न पदाधिकारीबाट स्वीकृत भएबमोजिमको इन्धन तथा सवारीसाधनको व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारले अहिले राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई मासिक एक सय लिटर इन्धन र त्रैमासिक रूपमा पाँच लिटर मोबिल तथा बे्रक आयल उपलब्ध गराउँदै आएको छ । निर्देशिका अनुसार सोही इन्धनबापत अबदेखि त्यस्तो सुविधा प्राप्त गर्ने कर्मचारीले नगद नै प्राप्त गर्ने भएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनको साटो नगद नै उपलब्ध गराउने व्यवस्था सुरु गर्ने घोषणा गरेको थियो । सोहीबमोजिम अर्थ मन्त्रालयले उक्त निर्देशिका तयार गरेको हो । निर्देशिकाबमोजिमको सुविधा प्राप्त गर्ने कर्मचारी अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा निलम्बनमा रहेको समयमा सो अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध हुने छैन । इन्धनबापत नगद सुविधा प्राप्त गर्ने कर्मचारीलाई थप छुट्टै इन्धन उपलब्ध नगराइने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाले विद्युतीय सवारीसाधनको प्रयोग गर्ने कर्मचारीलाई इन्धनबापत उपलब्ध गराइने रकमको आधा रकम प्रदान गर्ने व्यवस्था गरेको छ । इन्धनबापत नगद उपलब्ध गराउँदा सो नगद रकम सम्बन्धित कर्मचारीको कुल आम्दानीमा गणना गरी कानुनबमोजिम कर लाग्ने पनि निर्देशिमा उल्लेख छ । इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले दोहोरो पर्ने गरी इन्धनबापतको सुविधा लिन नपाइने र त्यसो गरेमा कार्यालय प्रमुखले सम्बन्धित कर्मचारीबाट असुलउपर गर्नुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ । गोरखा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.