भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव


  • बैशाख १९, २०७८
  • 657 Views
मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव image

नेपालगन्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नेपालगन्ज मेडिकल कलेजले कोभिड वार्डलाई विस्तार गरेर चाडै ३ सय बेडमा पुर्‍याउन लागेको कुरा सार्वजनिक गर्‍यो। कलेजले तीन दिनअघि आफ्नो योजना सार्वजनिक गर्दै भन्यो, ‘मेडिकल कलेजमा आउने कुनै पनि कोभिडका बिरामी भर्ना हुन नपाएर अब फिर्ता जानुपर्ने छैन।’ मेडिकल कलेजले अक्सिजनसहितको वार्ड विस्तार गर्न लागेको सुखद् खबरले कोरोना संक्रमणबाट छटपटाइरहेका धेरैले राहत महसुस गरे।

त्यसपछि बाँकेसहित दाङ, बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लाबाट संक्रमितहरू मेडिकल कलेजमा पुग्न थाले। जिल्लाबाहिरका अस्पतालले पनि गम्भीर खालका संक्रमितलाई थप उपचारका लागि धमाधम मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमै रेफर गरे। मेडिकल कलेजमा कोरोना संक्रमितको चाप यसरी बढ्यो कि अहिले शिक्षण अस्पतालले थेग्नै सकेको छैन। मेडिकल कलेज प्रशासनका अनुसार शुक्रबारसम्म शिक्षण अस्पताल कोहलपुरमा १ सय ४ जना संक्रमित भर्ना भएका छन्।

तर, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको रेर्कडअनुसार उक्त अस्पतालको कोभिड वार्डमा हाल ४७ पुरुष र २७ महिला गरी ७४ जना मात्र भर्ना भएको देखिन्छ। यसमध्ये ३१ जना सिकिस्त छन्। अन्य संक्रमित अस्पतालको इमेरजेन्सीलगायत विभिन्न वार्डमा समेत भर्ना भएका छन्। मेडिकल कलेजमा हाल भेन्टिलेटर, आइसियु र अक्सिजन सुविधासहितको १ सय बेडको कोभिड वार्ड सञ्चालनमा छ।

तर अस्पतालमा पुगेका थुप्रै कोरोना संक्रमित र आफन्तले भर्ना हुन नपाएको गुनासो गरिरहेका छन्। संक्रमितहरू अस्पतालबाहिर मृत्युसँग लडिरहेका छन्। अस्पतालबाहिर संक्रमितको विजोग नै भएको छ। ‘अस्पताल बाहिर संक्रमितहरू छटपटाएर मर्ने अवस्था आइसकेको छ, हामीले उनीहरूलाई केही गर्न सक्ने अवस्था छैन,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने। स्रोतका अनुसार मेडिकल कलेजले ३ सय बेड क्षमताको कोभिड वार्ड विस्तार कार्य अगाडी बढे पनि त्यहाँ कोरोना संक्रमितलाई अत्यावश्यक पर्ने अक्सिजनको सुविधा छैन। जसले गर्दा अवस्था निकै भयावह बनेको हो। ‘मेडिकल कलेजले तीन सय बेडको कोभिड वार्ड बनाउन खोज्यो, तर यहाँको अक्सिजन प्लान्टले एक सयभन्दा बढी बेडलाई धान्न सकेन,’ ती चिकित्सकले भने।

मेडिकल कलेजका उपनिर्देशक डा.नितेशकुमार कनोडियाले ३ सय बेड क्षमताको कोभिड वार्ड अझै तयार नभएको बताएका छन्। उनले ३ सय बेड क्षमताको वार्ड तयार नहुँदै बाहिरबाट संक्रमितको चाप बढ्दा समस्या उत्पन्न भएको जनाए। ‘तीन सय बेडको कोभिड वार्ड अझै सुरु भएको छैन, बिस्तार गर्ने तयारी भइरहेको छ,’ उनले भने। अस्पतालमा आइपुगेका संक्रमितको सहज रूपमा उपचार व्यवस्थापन गर्नेबारे छलफल चलिरहेको कनोडियाले बताए। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.