भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मेलम्चीको पानी चैतभित्रै काठमाडौंमा


  • फाल्गुन २९, २०७८
  • 470 Views
मेलम्चीको पानी चैतभित्रै काठमाडौंमा image

काठमाडौं । सरकारले नयाँ वर्षअगावै अस्थायी रूपमा भए पनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । बाढीले क्षति पु(याएको भागमा पुनर्निर्माण जारी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाउँदै अस्थायी रूपमा भए पनि नयाँ वर्ष अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।गत १ असारको बाढी पहिराले ठूलो क्षति पुगेपछि त्यसयता काठमाडौं उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाएका छैनन् ।

मेलम्ची खानेपानी आयोजनाको क्षति पुगेको ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विस्फोट गराएर नदी सफाइ गर्ने काम गर्दै आएको छ । समितिले हालसम्म पुनर्निर्माण गर्ने काम ६० प्रतिशत सकिएको जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी लैजाने तयारीमा आफूहरू पुगेको बताए ।

उनका अनुसार, आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य रहेको तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको छ । अहिले अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट नम्बर १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले त्यसलाई केन्द्रित गरेर मर्मतको काम गरिएको छ ।

समितिले गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले त्यसमा थप मर्मतको काम सुरु भएको जनाएको छ । मुहानमा खसेका ढुंगा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउने समितिको तयारी रहेको छ । मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एसियन विकास बैंक ९एडिबी०ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको समितिले जनाएको छ ।

सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको समितिले जनाएको छ । कुँवरका अनुसार सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन गेग्रान माटो हटाइसकिएको छ । ब्लास्टिङको काम अन्तिम चरणमा पुगेको छ । ब्लास्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।

यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा पनि सरकारले २०७९ सालको वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौता अवधि असारसम्मका लागि थप गरेको छ । ठेक्काको मूल्य समायोजन ९भेरिएसन० गर्दै समितिले सिनोलाई आयोजनाको हेड वर्क्सको काम सक्न असार महिनासम्मको समय थप गरेको छ ।

गत असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त बनाएको हो । उक्त आयोजना निर्माणका लागि अब सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाउनेछ । करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको गत २० चैतमा एक कार्यक्रमबीच उद्घाटन गरेकी थिइन् । सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिन आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो ।

गत २२ फागुन २०७७ मै मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । उक्त पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व। कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो ।मेलम्ची आयोजनाको सुरु २०५८(५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

Source:Rajdhani Dainik

 


Thali Mobile Pvt.Ltd.