भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किएभको भित्री सहरमा पनि रूसको आक्रमण


  • फाल्गुन २९, २०७८
  • 401 Views
किएभको भित्री सहरमा पनि रूसको आक्रमण image

किएभ । रूसले युक्रेनको भित्री सहरमा समेत आक्रमण सुरु गरेको छ। आक्रमणको १७औं दिन शनिबार निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा बम आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन्। ‘रूसले आक्रमण भित्रका भागमा पनि सुरु गरेको छ,’ राष्ट्रपति जेलेन्स्कीका पूर्वसल्लाहकार समेत रहेका कान्छा सांसद स्भियातोस्लाभ युराले भने, ‘किएभ सहरमा प्रतिरोधको तयारी पूर्णरूपमा गर्दैछौं।’

यसैबीच रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा शनिबार युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा प्रदर्शन गरेका छन्। राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रूस ‘आतंकको नयाँ चरणमा’अघि बढेको आरोप लगाएका छन्। किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले राजधानी किएभमा रातभर रूसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए। ‘भित्रका सहर दसौ लाख मान्छे बस्ने क्षेत्र हो। यदि भित्रछिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ,’उनले भने, ‘त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ।’उनले यस्तो भयो भने दोस्रो विश्वयुद्धको स्मरण हुने चेतावनीसमेत दिए।

यता जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्। युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिबार ७५ मिनेट टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रूससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले १ हजार तीन सय युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए। तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। युक्रेनले फेरि पनि रूसीहरूले दक्षिणी बन्दरगाह सहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ। मानिसहरू कठ्याँग्रिदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा बसेको युक्रेनले जनाएको छ। रूसले युक्रेनको भनाइलाई खण्डन गर्दै मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ।

चार नेपाली स्वदेश फर्किए
भारतले सञ्चालन गरेको अपरेसन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन्। अपरेसन गंगाअन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार र भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। हालसम्म करिब ६ सय नेपालीले युक्रने छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरू युरोपका विभिन्न देशमा शरण लिएर बसिरहेका छन्।

Source: Annapurna post dainik

 


Thali Mobile Pvt.Ltd.