भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रारा बहुमुखी क्याम्पसमा अक्ष्यकोष स्थापना


  • जेष्ठ २८, २०७९
  • 392 Views
रारा बहुमुखी क्याम्पसमा अक्ष्यकोष स्थापना image

मुगु । रारा बुहमुखी क्याम्पसमा स्नातकतर्फ अध्यनरत दुई जना गरिब तथा जेहन्दार र दलित विद्यार्थीका लागि छात्रावृत्ति उपलब्ध गर्न पूर्व क्याम्पस प्रमुखले आफ्ना बुबा(आमाको नाममा अक्षयकोष स्थापना गर्ने भएका छन्।

शुक्रबार मध्यपश्मि विश्व विद्यालयका उपकूलपति प्राडा नन्दबहादुर सिंह, रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेल लगायतको उपस्थितमा रारा बहुमुखी क्याम्पसले आयोजना गरेको छलफल कार्यक्रममा पूर्व प्रमुख डम्बर रावलले बुबा पदमबहादुर रावल र आमा हीरामति रावलको नाममा प्रत्येक वर्ष एक लाख रुपैँयाको अक्ष्यकोष स्थापन गर्ने भएका हुन ।

कार्यक्रममा उनले क्याप्मसलाई १ लाखको चेकसमेत हस्तान्तरण गरेका थिए। क्याम्पस प्रमुख सुशील कुमार भामले अक्ष्यकोष कार्यविधि निमार्ण गरिने बताए। ुकार्यविधि निमार्णपश्चात् बैंकमा जम्मा भएको उक्त रकमको ब्याजबाट दुई जना गरिब जेहन्दार तथा दलित गरी दुई जना विद्यार्थीलाई प्रत्येक वर्ष ४ हजार ५ सयका दरले छात्रबृत्ति उपल्बध गराउँछौं,ु उनले भने। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.